जसपाकाे प्रधानमंत्री ओलीको गृहनगरमा जंगी प्रदर्शन

January 20, 2021 मा प्रकाशित

Advertisement

दमक ७, माघ / जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला समन्वय समितिको आयोजनामा बुधवार झापाको दमक स्थित प्रधानमंत्री केपी  ओलीकाे गृहनगरमा असंबैधानिक कदमको बिरोधमा जंगी प्रदर्शन गरेको छ।
सरकारको असंबैधानिक कदमको बिरूद्व माघ ७ गते देशका सबै जिल्लाहरुमा भैरहेको आन्दोलनको दोस्रो चरणको अन्तिम दिन झापामा बिरोध सभा गरिएकाे हाे ।
सभालाई संबोधन गर्दै केन्द्रीय सदस्य हरिदेबी राई, सूर्यनारायण गणेश र भुपेन्द्र नेम्बांगलगायतका बक्ताहरुले सरकारद्वारा चालिएको असंबैधानिक, अलोकतांत्रिक र प्रतिगमनकारी कदम बिरुद्वको तेस्रो चरणको विरोध कार्यक्रम अझै सशक्त रुपले गर्ने बताएका थिए ।
बिरोध कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष फाक्तालुंग योंगहांग र जिल्ला अध्यक्ष दिपेनबाला राईले ओलीले जनताको सार्बभौम अधिकार खोसेको भन्दै जनतासंग माफी माग्नुको विकल्प नरहेकाे बताएका थिए ।
कार्यक्रममा पार्टी जिल्ला सचिब देवेन्द्र किशोर ढुंगानाले लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नु पर्ने भन्दै अदालतका न्याय मुर्ति समाजको हिस्सा भएकोले पनि बहसका क्रममा संबिधानको रक्षा गर्नुपर्ने र नेपाली जनता को मतको
सुरक्षात्मक भूमिका निर्वाह गर्नु पर्ने बताए।
उनले अदालतले जनताको बिश्वासको सम्मान र प्रतिष्ठालाई जोगाउन प्रतिगमनकारी कदम प्रति सही निर्णय दिनुपर्ने धारणा राखे।
पार्टी जिल्ला अध्यक्षद्वय अनुतसिह राजबंशी र दिपेन बाला राईले संयुक्त रुपमा अध्यक्षता गरिएको उक्त बिरोध सभाको क्रममा दमकको पश्चिम बस स्टेण्डबाट शुरु भएकाे बिरोध जुलुश नाराबाजी सहित नगर परिक्रमा गर्दै गणतन्त्रचौकमा पुगि सभामा परिणत भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस