ट्याक्टरमा मुरै(भुजा)काे बाेराले छाेपेर गाैरीगंजबाट गाैरादहतर्फ लादै गरेकाे ५० बाेरा चिनी प्रहरीकाे नियन्त्रणमा

January 21, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज ८, माघ /ट्याक्टरमा मुरै (भुजा)काे बाेराले छाेपेर गाैरीगंजबाट गाैरादह तर्फ लादै गरेकाे ५० बाेरा चिनीसहित चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ पानीटंकीमा अगाडि पट्टि मे १ त ४५८७ नम्बर लेखिएकाे र पछाडि पट्टि डालामा मे १ त ५२१९ नम्बर लेखिएकाे ट्याक्टरमा २१ वटा मुरैकाे बाेराले छाेपेर गाैरादह तर्फ लादै गरेकाे ५० बाेरा चिनी ईलाका प्रहरी कार्यालय गाैरीगंजले आज विहान नियन्त्रणमा लिएकाे हाे ।
प्रहरीले ट्याक्टर चालक गाैरादह नगरपालिका वार्ड नं. ३ बस्ने वर्ष २४ काे गाेपी किङ्कु र सहचालक साेहि वार्डमा बस्ने सुवित खत्रीलाई समेत नियन्त्रणमा लिएकाे छ । नियन्त्रणमा लिएकाे ५० बाेरा चिनी, २१ बाेरा मुरै ( भुजा), ट्याक्टर , चालक र सहचालकलाई मेची भन्सार कार्यालयमा बुझाईएकाे ईलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी गराएका छन्। नियन्त्रणमा लिईएकाे २५ सय केजी चिनी र भुजासमेत गरि ५ लाख ७० हजार रूपैयाँ बराबरकाे सामान बरामद गरेकाे गाैरीगंज प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस