बस्नेत दम्पतीले नारी सञ्चार गृहलाई २१ हजार सहयाेग प्रदान

January 21, 2021 मा प्रकाशित

Advertisement

विर्तामोड ८,माघ / विर्तामोड–१ निवासी सामाजिक व्यक्तित्वहरु देविका बस्नेत र नरेन्द्र बस्नेतले जन्मदिनको अवसर पारेर नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि सहयोग रकम प्रदान गर्नुभएको छ ।
जन्मदिनको अवसर पारेर बस्नेत दम्पत्तीले आज (विहीबार) विर्तामोडस्थित आफ्नै निवासमा नारी सञ्चार गृहको टोलीलाई सहयोग स्वरुप नगद २१ हजार रुपैयाँ प्रदान गर्नुभएको हो ।
बस्नेत दम्पत्तीले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम र कोषाध्यक्ष ज्योस्ना श्रेष्ठलाई संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । रकम हस्तान्तरण गर्दै सामाजिक क्षेत्रमा समेत सक्रिय बस्नेत दम्पत्तीले दृढ संकल्प लिएर अघि बढे लक्ष्यमा पुग्न कठिन नहुने उल्लेख गर्दै अक्षयकोषको लक्ष्यबृद्धि गर्न सुझाव समेत दिनुभयो ।
झापाका महिला सञ्चारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले स्थापना गरेको अक्षयकोषको लक्ष्य, उद्देश्य र उपलब्धीहरुबारे अवगत गराउँदै संस्थाका अध्यक्ष भीमा शिवाकोटीले  सहयोग मनहरुप्रति धन्यवाद दिंदै आभार व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस