तल्लो रामचन्द्र सिंचाई नहर सञ्चालनमा, मन्त्रीद्वारा निर्माण व्यवसायीलाई प्रशंसापत्र

February 1, 2021 मा प्रकाशित

 

Advertisement

गौरीगंज १९, माघ / गौरीगंज –६ स्थित तल्लो रामचन्द्र सिंचाई आयोजनाको उद्घाटन भएको छ ।
प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले आज नहरको मुहानमा राखिएको रेगुलेटर घुमाई रिवन काटेर उक्त आयोजनाको उद्घाटन गरेका हुन् ।
२०७५ साल असार २१ गते सुरु भएको आयोजनाको निर्माण कार्य २ वर्षको समयावधिमा सम्पन्न भई आयोजना शुरु भएकोमा मन्त्री कार्कीले निमार्ण व्यवसायी र आम उपभोक्तालाई धन्यवाद दिदै खुशी व्यक्त गरेका छन् ।
प्रदेश नं. १ भरि यस वर्ष जम्मा ५ को आयोजना सञ्चालनमा आउने र त्यसमध्ये सिंचाई आयोजनामध्ये रामचन्द्र सिंचाई पहिलो आयोजना सञ्चालनमा आएको बताउदै गरिबी निवारणमा यसले महत्वपुर्ण भुमिका खेल्ने मन्त्री कार्कीले बताए ।
गौरीगंज गाउँपालिका वार्ड नं. ५ र ६ का करिब ७ सय विघा जमिन सिंचाई हुने र यसबाट प्रत्यक्षरुपमा कृषकहरुले लाभान्वित हुने उनको भनाई थियो । जलस्रोत तथा सिंचाई विकास डिभिजन भद्रपुरको आयोजनमा भएको उद्घाटन कार्यक्रममा आयोजनाको ठेक्का लिएका नयाँबाटो शिवाको सताक्षी जेभीका प्रतिनिधीलाई समयमै काम सम्पन्न गरेकोमा प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रदेश नं. १ सरकारले छुट्टाएको करसहित ८ करोड ७९ लाख २० हजार रुपैयाँबाट निर्माण भएको उक्त आयोजनाको सम्पुर्ण कार्यहरु सम्झौता अनुसार सम्पन्न भएको हो ।

नहरको मुहानदेखि मुख्य नहरको लम्बाई ४.२ किलोमिटर रहेको छ र २ वटा शाखा क्यानल रहेको जलस्रोत तथा सिचाई विकास डिभिजन झापाका इन्जिनियर अनिल कुमार महतोले जानकारी गराएका छन् ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन भद्रपुरका डिभिजन प्रमुख कृष्णप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं. १ का सचिव मोहन कुमार शाक्य, उर्जा जलस्रोत सिंचाई महाशाखाका प्रमुख रमेश पौडेल, गेउरिया कृषि सुधार जल उपभोक्ता समितिका अध्यक्ष फडिन्द्र धमला, गौरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु दाहाल, वार्ड नं. ५ का अध्यक्ष विजय सिंह गन्गाई, उपभोक्ता समितिका सचिव नगेन्द्र डाँगीलगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी गौरादह नगरपालिका वार्ड नं. ६ स्थित हेङ्गाटोली सोलार सिंचाई योजनाको उद्घाटन भएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले उत्त योजनाको आज उद्घाटन गरेका हुन । प्रदेश सरकारको २७ लाख रुपैयाँको बजेटबाट सञ्चालन भएको सोलार सिंचाईबाट करिब १० हेक्टर जमिन सिंचित हुने जलस्रोत तथा सिंचाई विकास डिभिजन भद्रपुरका डिभिजन प्रमुख कृष्णप्रसाद राजवंशीले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस