सामसङ ग्यालेक्सी जेटू २०१६ सार्वजनिक

July 20, 2016 मा प्रकाशित

samsung-galaxy-j2-2016-1

Advertisement

काठमाडौं / जे सिरिज अन्तर्गत सामसुङले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले टर्बो स्पिड टेक्नोलोजी र स्मार्ट ग्लो प्रविधि सहित उपभोक्ताका लागि ग्यालेक्सी जेटू २०१६ स्मार्टफोन सार्वजनिक गरेको हो । यी प्रविधि पहिलो पटक सामसुङले नै स्मार्टफोनमा प्रयोग गरेको कम्पनीको दावी छ ।
सन् २०१५मा सार्वजनिक गरिएको ग्यालेक्सी जेटू कै परिस्कृत भर्जनका रुपमा कम्पनीले ग्यालेक्सी जेटू २०१६ सार्वजनिक गरेको हो । यो स्मार्टफोन अहिलेपनि नेपाली बजारमा उत्तिकै लोकप्रिय रहेको छ । नयाँ फोन समासुङका फोरजी सपोर्ट गर्ने स्मार्टफोनको पोर्टफोलियोमा समेत नयाँ मोबाइलका रुपमा सार्वजनिक गरिएको हो ।

samsung-galaxy-j2-2016 (1)
कम्पनीका अनुसार ग्यालेक्सी जेटू २०१६ लाई उपभोक्ताको सहजतालाई दृष्टिगत गर्दै रि–ईञ्जिनियर्ड, रि–डिजाइन्ड र टर्बो स्पिड टेक्नोलोजी (टीएसटी) र स्मार्ट ग्लो लगायत नयाँ फिचर्सका साथ रिलोडेड गरिएको छ । यसमा रहेको टर्बो स्पिड प्रविधिले स्मार्टफोनको प्रयोगकर्तालाई तिब्र गति तथा कार्य क्षमता सहितको उत्कृष्ट अनुभव प्रदान गर्छ । कम्पनीका अनुसार यो प्रविधिले दोब्बर ¥याम सहितका स्मार्टफोनका तुलनामा साधारणतया एप लोड हुन लाग्ने समयलाई झण्डै ४० प्रतिशतसम्म कम समयमा लोड गर्न सघाउ पु¥याउँछ । त्यसैगरी स्मार्ट ग्लो नयाँ पुस्ताको एलईडी नोटिफिकेशन प्रणाली हो ।

सामसुङ ग्यालेक्सी जेटू २०१६मा टीएसटी र स्मार्ट ग्लो प्रविधिका साथै अल्ट्रा डेटिङ सेभिङ, अल्ट्रा पावर सेभिङ मोड्स, सेल्फी एसिष्ट र क्विक लञ्च एप्स लगायत अत्याधुनिक प्रविधिपनि समाहित गरिएका छन् । नयाँ फोनमा समाहित गरिएका यी फिचर्स मितब्ययी मुल्यका स्मार्टफोनमा उपलब्ध गरिने फिचर्सका तुलनामा निकै पृथक समेत छन् ।

ग्यालेक्सी जेटू २०१६मा उपलब्ध गराइएको स्मार्ट ग्लो प्रविधि नयाँ पुस्ताको एलईडी नोटिफिकेशन प्रणाली हो । नयाँ ग्यालेक्सी जेटू २०१६मा अल्ट्रा डाटा सेभिङ मोड, अल्ट्रा पावर सेभिङ मोड र लक स्क्रिनमा क्विक लञ्च एप लगायत नवप्रबर्तनात्मक फिचर्सहरुपनि उपलब्ध गरिएका छन् ।

सामसुङ ग्यालेक्सी जेटू २०१६मा रहेको ५ ईञ्चको एचडी सुपर एमोलेड स्क्रिनले तस्विर, भिडियो तथा वेभ सर्फ गर्दा जिवन्त दृष्यको सम्प्रेषण गर्छ ।

सामसुङ ग्यालेक्सी जेटू २०१६मा १.५ जीएचजेड क्वाड कोर प्रोसेशर र १ दशमलव ५ जीबी ¥याम छ । सन् २०१५मा सार्वजनिक गरिएका फोनको एडिशनका तुलनामा नयाँ फोनमा ३० प्रतिशत ठूलो २ हजार ६ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । नयाँ फोनको सञ्चालनका लागि सर्वाधिक नयाँ एण्ड्रोइड मार्शमेलो ६.०.१को प्रयोग गरिएको छ ।

क्यामेरामा पनि कम्पनीले सन् २०१५मा सार्वजनकि गरिएका मोडलका तुनलनामा अपग्रेडेड भर्जन प्रस्तुत गरेको छ । सन् २०१५ एडिशनका मोबाइलमा ५ मेगा पिक्सेल क्षमताका प्राइमर िक्यामेराको प्रयोग गरिएका थिए भने ग्यालेक्सी जेटू २०१६मा ८ मेगा पिक्सेल क्षमता सहितका क्यामेरा उपलब्ध छ । फोनको फ्रण्ट क्यामेरालाई पनि २ मेगापिक्सेलबाट बढाएर ५ मेगा पिक्सेल बनाइएको छ । फोनमा रहेका क्यामेराले उच्च गुणस्तरका क्रिस्प र डिटेल्ड तस्विर खिच्ने क्षमता राख्छन् । दुबै क्यामेरामा २ दशमलव २ एपर्चर क्षमता रहेको छ ।

नेपाली बजारमा जूलाई १५ देखि नै सामसुङ ग्यालेक्सी जेटू उपलब्ध गरिसकिएको छ । यसको बजार मुल्य रू. १५ हजार ९ सय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस