‘दिगो निकासका लागि संविधान संशोधन हुनुपर्छ’ : वरिष्ठ नेता महताे

February 2, 2021 मा प्रकाशित

Advertisement

दमक २०, माघ /
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुर्नस्थापना र निर्वाचन अहिलेको स्थायी समाधान नभएको बताउनु भएको छ ।
जनता समाजवादी पार्टी दमक नगर समितिले आज दमकमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले वर्तमान समयमा यी दुवै बिकल्प मुलुकको लागि स्थायी समाधान नभएको बताउनु भएको हो । पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा दमक आउनु भएका पूर्व मन्त्री महतोले पत्रकारको जिज्ञासामा संसद पुर्नःथापना गरेर पुष्प कमल दाहाल प्रचण्ड लगायतलाई प्रधानमन्त्री बनाए पछि पनि भोली संसद बिघटन हुदैन भन्ने के ग्यारेन्टी छ ?
प्रश्न गर्दै दिगो निकासका लागि संविधान संशोधन हुन पर्ने बताउनुभयो । विगतका राजा महाराजा र कांग्रेसका नेताहरूले पनि संविधानलाई कुल्चिएको र प्रतिगमनकारी कदम चालेको प्रसङ उठाउँदै जनताबाट निर्वाचित अहिलेका नयाँ राजा केपी ओलीले पनि संविधान कुल्चिएको महतोको भनाई छ ।

पार्टीका नगर समिति अध्यक्ष भेषराज भटराई र चन्द्र राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा पहिचानवादी र आन्दोलनकारीहरू एक भएर राष्ट्रिय मुक्तिको आन्दोलन गर्नु पर्ने भन्दै नेता महतोले धारण राख्नुभएको छ । सबैको अपन्तो महसुस गर्ने संविधान नभए सम्म प्रतिगमन भइ रहने उहाँको र्तक छ ।
प्रधानमन्त्री ओलीको गृह नगर दमकमा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्री महतोले ओली सरकारले मधेसवादी दललाई आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ भनेर धेरै समय झुकाएकोे गुनासो गर्नुभयो । लोकतन्त्र माथि प्रहार भएको संविधान ‘कु’ भएको भन्दै प्राप्त उपलब्धि गुम्न नदिन शान्ति पूर्ण आन्दोलनमा लाग्न आपना नेता कार्यक्रर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस