गाैरीगंज – ६ काे सडकहरूमा वत्ती जडानभएपछि झलमल्ल

February 3, 2021 मा प्रकाशित

Advertisement

गौरीगंज २१, माघ / गौरीगंज गाउँपालिका वार्ड नं. ६ को कार्यालयले वडा भित्रका विभिन्न स्थानमा सडक वत्ती जडान गरेको छ ।
वडा कार्यालयको सिलिङ्ग वजेटमध्ये ८ लाख रुपैयाँबाट वडा भित्रका मुख्य तथा सहायक सडकहरुमा सडक वत्ती जडान गरिएको हो ।
सडक वत्ती जडान भएपछि खजुरगाछी बजार, भारूचाैक, डाैवाबारी, देवीगंजलगायतका १ सय ५ वटा पाेलमा सडक वत्ती जडान गरिएकाे जनाईएकाे छ । सडक वत्ती जडान भएपछि वार्ड नं. ६ काे सडकहरू झलमल्ल भएको छ । सडक वत्ती भएपछि वडा भित्र रातको समयमा पनि निडर हिडडुल गर्न सजिलो भएको छ भने चोरी लगायत अपाराधिक गतिविधिमा पनि कमि आउने वडावासीहरु बताउँछन् । वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादवले वडावासीलाई रातको समयमापनि सहजरुपमा हिडडुल गर्न सजिलो हुने र शान्तिसुरक्षाको हिसाबले पनि सडकवत्तीले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । वार्ड सदस्य उदिमकुमार राईले पहिलाे चरणकाे सडक वत्ती जडान गर्ने कार्य सकिए पछि दाेस्राे चरणका लागि आवश्यक वजेट व्यवस्थापन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस