अधिवेशन लक्षित प्रेस युनियन झापाकाे निर्वाचन परिचालन समिति गठन

February 9, 2021 मा प्रकाशित

Advertisement

विर्तामोड २७, माघ / नेपाल पत्रकार महासंघ झापा शाखाको आसन्न अधिवेशनलाई लक्षित गरी नेपाल प्रेस युनियन झापाले निर्वाचन परिचालन समिति गठन गरेको छ ।
पत्रकार महासंघको आसन्न केन्द्रीय महाधिवेशनबाट केन्द्र, प्रदेश र जिल्लामा झापाका तर्फबाट उम्मेद्वार तय गर्ने, अन्तर संगठनहरुबीच सहकार्य गर्ने गरी निर्वाचन परिचालन समिति गठन गरिएको हो ।
कृष्ण हुमागाँईको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा गोविन्दचन्द्र छेत्री, लोकराज ढकाल, चिन्तामणि दाहाल, गिरीराज भट्टराई र विष्णु सुब्बा रहनुभएको छ ।
नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा बसेको बैठकमा युनियनमा सदस्यताका लागि आवेदन गर्ने ५ जना नयाँ सदस्यको सदस्यता स्वीकृतिका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस