जन्मदिनमा अनन्तलालले दिए १ सय ६० जना विद्यार्थीलाई स्वीटर

February 9, 2021 मा प्रकाशित

 

Advertisement


 
बिर्तामोड २७, माघ / वीरता जेसीजको आयोजनामा झापाको गौरीगञ्ज –३ मा रहेको गौरीगञ्ज प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ ।  
  वीरता जेसीजका जनसम्पर्क अधिकारी अनन्तलाल महतोले आफ्नो  जन्मदिनमा गौरीगञ्ज प्राथमिक विद्यालयमा अध्ययनरत् एक सय ६० जना विद्यार्थीलाई  ५५ हजार मूल्य वरावरको स्वीटर वितरण गरेका हुन् ।
 वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा  गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  कार्यक्रम संयोजक तथा जनसम्पर्क अधिकारी अनन्तलाल महतोले स्वागत गरेका थिए ।


 कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष मिजाश पोखरेल , अध्यक्ष धिमाल , कार्यक्रम संयोजक अनन्तलाल महतोलगायतले विद्यार्थीलाई स्वीटर वितरण गरेका थिए ।
  विद्यालयका प्रधानाध्यापक हरिलाल यादवले उक्त विद्यालयमा विपन्न वर्गका अभिभावकका छोराछोरी अध्ययन गर्न आउने र उनीहरु जाडोको समयमा एकसरो लुगाको भरमा लुगलुग काम्दै आउने गरेकोमा वीरता जेसीजले स्वीटर प्रदान गरेर विद्यार्थीलाई ठूलो गुन लगाएको बताए । उनले यस्तो कार्यमा सहयोग गर्न सरोकारवाला सवैलाई आग्रह गरेका थिए ।    
कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष श्रेष्ठ , उपाध्यक्ष दिपिन्द्र थापा , वडा नं. ३ का वडाध्यक्ष मखना महतोलगायतले मानवताको सेवामा क्रियाशिल वीरता जेसीजले गरेको कार्यको प्रशंसा गरेका थिए ।  
 वीरता जेसीजका कार्यकारीणी उपाध्यक्ष अशोक चौधरीले कार्यक्रममा आस्था वाचन गरेको कार्यक्रममा जेसीआई मिसन भिजन वाचन खेल संयोजक दिपेन धिमालले गरेका थिए ।
वीरता जेसीजका कार्यकारीणी उपाध्यक्ष विकास वस्नेतले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव लोकचन्द्र श्रेष्ठ( एलसी)ले गरेको अवार्ड संयोजक सञ्जय राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस