शिक्षक महासंघ गाैरादह आन्दोलनमा, नगरपालिकाले वेवास्ता गरेकाे झापा अध्यक्ष कार्कीकाे ठम्याई

February 10, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज २८, माघ / गाैरादह नगरपालिकाले शिक्षा बजेटमा व्यापक कटाैती गरेकाे भन्दै गाैरादह शिक्षक महासंघ नगर समितिले चरणवद्व आन्दोलनकाे तयारी गरेकाे छ ।
गाैरादह शिक्षक महासंघ नगर समितिले आज बुधबार पत्रकार सम्मेलन गरि चरणवद्व आन्दोलनकाे कार्यक्रम सार्वजनिक गरेकाे हाे ।
अार्थिक वर्ष २०७७/७८ मा छैठाे नगरसभाबाट पारित शिक्षा बजेट अन्तर्गत नगरपालिकाले बाल शिक्षक र कर्मचारी प्राेत्साहन, विद्यालय कर्मचारी निवृत प्राेत्साहन, अंग्रेजी शिक्षक प्रा. वि. तह स्वयसेवक र प्ले ग्रुप कक्षा व्यवस्थापन शीर्षकमा वजेट कटाैती गरेकाे हाे । नगरपालिकाले बाल शिक्षक र कर्मचारी प्राेत्साहन शिर्षकमा १४ लाख ४० हजार रूपैयाँ, विद्यालय कर्मचारी निवृत प्राेत्साहन शिर्षकमा ४ लाख रूपैयाँ, २० जना अंग्रेजी शिक्षक प्रा. वि. तह ( स्वयंसेवक) शिर्षकमा ३९ लाख रूपैयाँ र प्ले ग्रुप कक्षा व्यवस्थापन शिर्षकमा ८ लाख रूपैयाँ कटाैती गरेकाे महासंघका अध्यक्ष बाबुराम भण्डारीले बताए ।

कटाैती गरिएकाे बजेटकाे विषयमा व्यक्तिगत तथा संस्थागतरूपमा पटक -पटक ध्यानाकर्षण गराए पनि नगरपालिकाले गम्भीरतापूर्वक नलिएकाेले चरणवद्व आन्दाेलन गर्नु पर्ने बाध्यता भएकाे अध्यक्ष भण्डारीले पत्रकार सम्मेलनमा बताए । महासंघले पहिलाे चरण अन्तर्गत विभिन्न सञ्चार माध्यमहरूलाई जानकारी गराउने, फागुन २ गते नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाउने, फागुन ६ गते विद्यालयका पिटिए अध्यक्ष, व्यवस्थापन समिति अध्यक्ष र दलगत प्रतिनिधिहरूसंग छलफल गर्ने र फागुन ९ गते कार्यपालिका सदस्यहरूसंग अन्तरक्रिया गर्ने रहेकाे छ । त्यसैगरि महासंघले दाेस्राे चरणमा फागुन १४ गते एक दिन विद्यालय बन्द गरि सम्पुर्ण शिक्षक, कर्मचारीहरू डिपुचाैकमा भेला भई प्ले कार्ड बाेकी नगरपालिकाकाे कार्यालयमा शिक्षक, कर्मचारी हाजिर खाता बाेकी नगरपालिकामै हाजिर गरि नगरपालिका घेराउ गर्ने , फागुन २१ गते नगरपालिकाकाे सम्पुर्ण बाल शिक्षक, कर्मचारी तथा शिक्षक महासंघका पदाधिकारीहरू धर्ना दिने र तेस्राे चरणमा महासंघले अझ सशक्त एवम् कठाेर अान्दाेलनकाे कार्यक्रम सार्वजनिक गरेकाे छ ।
गाैरादह शिक्षक महासंघका अध्यक्ष भण्डारीले नगरपालिकाले हालसम्म नगर शिक्षा समिति गठन नगरेकाे हुँदा प्रचलित कानुन बमाेजिम नगर शिक्षा समिति तुरुन्त गठन गर्नुपर्ने माग गरेका थिए ।
नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष बुद्विमान कार्कीले शिक्षा शिर्षकमा वजेट कटाैती गरेकाे दुःखत भएकाे बताउँदै नगरपालिकाले तुरून्त सच्चाउनु पर्ने बताए । विद्यालय र शिक्षकका तर्फबाट गुणस्तर शिक्षामा कुनै कमी नरहेकाे भन्दै शिक्षा क्षेत्रलाई नगरपालिकाले अवहेलना र वेवस्ता गरेकाे बताए । गाैरादह शिक्षक महासंघ गाैरादहले सार्वजनिक गरेकाे आन्दोलनकाे कार्यक्रमलाई ऐक्यबद्धता जनाउँदै महासंघका झापा अध्यक्ष कार्कीले शैक्षिक समस्यालाई नगरपालिकाले गम्भीरतापूर्वक लिनु पर्ने सुझाव दिएका थिए । डाेरामारी माविकी बाल विकास शिक्षिका भगवती भण्डारीले अाफुहरूलाई नगरपालिकाले अन्याय गरेकाे बताईन । शैक्षिक याेगदानमा अाफुहरूकाे पनि उतिकै भुमिका रहेकाेले अाफुहरूकाे तलब कटाैती भएकाेमा दुखेसाे पाेखिन ।
गाैरादह नगरपालिकाका नगरप्रमुख राेहित कुमार साहले शिक्षा बजेटमा कटाैती भएकाे स्वीकार गरेका छन् । काेराेना संक्रमण र उपचारमा थप बजेट खर्चिनु पर्ने बाध्यतात्मक परिस्थितिका कारण शिक्षा शीर्षक बजेटमा कटाैती गर्नु परेकाे नगर प्रमुख साहले बताए । नगरकाे शैक्षिक गुणस्तरमा नगरपालिका सजक रहेकाे बताउँदै शिक्षामा नगरपालिकाकाे छैठाे नगर सभाबाट १ कराेड ८६ लाख रूपैयाँमा छुट्याएकाे जानकारी गराए । काेराेना भाईरसकाे महामारीले वजेटकाे कार्यान्वयनमा चुनाैती थपिएकाे नगर प्रमुख साहकाे भनाई थियाे ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस