दर्जन भन्दा बढी स्रष्टाहरू प्रतिगमन विरुद्ध आफ्नो रचनामार्फत सडकमा

February 19, 2021 मा प्रकाशित

Advertisement

दमक ७, फागुन /  प्रदेश १ स्रष्टाहरुले मुलुकमा भएका सबै खाले प्रतिगमनका विरुद्ध दमकको गणतन्त्र चोकमा रचना वाचन गरेका छन । मदन पुरस्कार विजेता राजन मुकारुङको प्रमुख उपस्थितीमा पूर्वमा क्रियाशील करिब एक दर्जन स्रष्टाहरुले राष्ट्रिय राजनीतिमा भइरहेको प्रतिगमनकारी कदमका विरुद्ध रचना प्रस्तुत गरे ।

मुकारुङले साहित्यकार तथा कलाकारहरु देशव्यापी रुपमा अग्रगमनको पक्षमा उभिएको बताउँदै आम नागरिकहरुले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षाका लागि एकपटक स्रष्टाहरु समाजका नागरिक अगुवाहरु सडकमा आउनु परिरहेको बताए । यस अघि २०६२÷०६३ को जनआन्दोलन अघि समेत शुरुमा स्रष्टाहरु तथा नागरिक अगुवाहरु सडकमा उभिएपछि आम नागरिकहरुको समर्थन देखिएको स्मरण गर्दै मुकारुङले पछिल्ला राजनीतिक उपलब्धीका रुपमा प्राप्त संविधानमाथि कुठाराघात सहय नहुने तर्क गरे । सो अवसरमा कवि प्रकाश बुढाथोकी, सुमित्रा वाङदेल, विराट किराँती, मनु मञ्जिल, देवान किराँती, सेसेहाङ फियाक , सुन्दर कुरुप, सुनिता तामाङ, रचना लावती लगायतले अग्रगमनका पक्षमा र प्रतिगमनका विरुद्ध रचनाहरु प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस