सर्वाेच्च अदालतले संसद विघटन विरूद्व गरेकाे निर्णयकाेे खुशीयालीमा गाैरीगंजमा दिपप्रज्वलन

February 24, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज १२, फागुन / सर्वाेच्च अदालतले गरेकाे संसद पुर्स्थापनाकाे निर्णयकाे खुशीयालीमा गाैरीगंज चाैकमा दिपप्रज्वलन गरिएकाे छ ।
नेकपा झापा जिल्ला कमिटि सदस्य सिताराम अधिकारीकाे संयाेजकत्वमा आज साँझ दिपप्रज्वलन गरिएकाे हाे ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्चले मंगलबार बदर गरेको फैसलालाई लोकतन्त्रको रक्षा भएको नेकपा जिल्ला कमिटि सदस्य अधिकारीकाे टिप्पणी थियाे । संसद विघटन विरूद्व उभिएका नेकपाकाे स्थानिय नेता तथा कार्याकर्ताकाे सहभागितामा भएकाे दिपप्रज्जवलन कार्यक्रममा न्यायालयले लोकतन्त्र जोगाउन जिम्मेवारीपूर्ण फैसला लिएकोमा अदालत, न्यायाधीश र आम नागरिकलाई उनले धन्यवाद दिए । प्रधानमन्त्री केपी शर्मा ओलीकाे व्यक्तिगत स्वार्थमा गरिएकाे संसद विघटनले पार्टीमा विचलन आई दुई खेमामा स्थानिय नेता तथा कार्यकर्ताहरूलाई ध्रुवीकरण गराएकाेले त्यसकाे भ्रममा नपर्नुहाेस् ‘- उनले अाग्रह गरे । भ्रममा परेका र बाटाे विराएका नेकपाका नेता तथा कार्यकर्ताहरूलाई सम्झाई बुझाई सही बाटाेमा ल्याउन सबैले पहल गर्नु पर्ने आवश्यक रहेकाे उनकाे सुझाव थियाे ।
कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य किन्नालाल राजवंशीले लाेकतन्त्र, गणतन्त्र र समावेशीताकाे रक्षा गरेकाेमा सर्वाेच्च अदालतकाे निर्णय स्वागत याेग्य भएकाे बताए । अदालतले संसद विघटनकाे निर्णयलाई बदर गरेकाेमा लाेकतन्त्रकाे जित भएकाे बताउँदै त्यसैकाे खुशीयालीमा सबै नागरिकले दिपप्रज्जवलन गर्नु पर्ने उनले बताएका थिए । कार्यक्रममा गाैरीगंज गाउँपालिका वार्ड नं. २ का सदस्य अरूण राजवंशीले संसद विघटन विरूद्व अदालतले गरेकाे फैसला नेपाली जनताकाे जित भएकाे बताउँउदै प्रधानमन्त्री केपी अाेलीलाई केपी बा भनेर बाेलाउनु भन्दा पनि केपी हजुर बा भनेर बाेलाउनु पर्ने धारणा राखे । प्रधानमन्त्री केपी शर्मा अाेलीकाे उमेर ७० बर्ष पुगिसकेकाेले जेष्ठ नागरिककाे सामाजिक सुरक्षा भत्ता लिएर राजनीतिकबाट विश्राम लिनु पर्ने उनले बताए ।
दिपप्रज्वलन कार्यक्रममा नेकपा झापा क्षेत्र नं. ४ (क) का क्षेत्रिय सदस्य मिनप्रसाद खतिवडा, पाण्डव झा, सुधिर कुमार साहलगायतकाे स्थानिय नेता तथा कार्यकर्ताकाे सहभागितामा भएकाे कार्यक्रमकाे सञ्चालन सन्तलाल ताजपरियाले सञ्चालन गरेका थिए ।

त्यसैगरी नेकपा गाैरीगंज गाउँपालिका वार्ड नं. ४ वडा कमिटिले हिजाे मंगलबार दिपप्रज्वलन गरेबाे थियाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरीकाे प्रमुख आतिथ्यतामा भएकाे दिपप्रज्वलन कार्यक्रममा वार्ड सदस्य राम बहादुर राजवंशी, बांगाे गिरीलगायत स्थानिय नेता तथा कार्यकर्ताकाे उपस्थिति थियाे ।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वसम्मत बदर गरेको थियो । अदालतले फैसलाको मितिले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश पनि दिएको थियो । त्यसपछि आगामी रणनीतिका विषयमा नेकपा (दाहाल-नेपाल) समूहले संसदीय दलको बैठक बाेलाउनुका साथै विभिन्न पार्टी तथा नेताहरूसंगकाे भेटघाट तीव्र पारेकाे छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस