नेपाल शिक्षक संघ गाैरीगंजकाे प्रतिनिधि सभा सम्पन्न, दुई जना सेवानिवृत शिक्षकलाई सम्मान

February 24, 2021 मा प्रकाशित

 

Advertisement


गाैरीगंज १२, फागुन / नेपाल शिक्षक संघ गौरीगंजको दोश्रो र तेश्रो प्रतिनिधि सभा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलको प्रमुख आतिथ्यता र
नेपाल शिक्षक संघ गौरीगंजका अध्यक्ष गोपाल प्रसाद ताजपुरियाकाे सभापतित्वमा आज गौरीगंज माबिमा सभा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा लामाे समयसम्म शिक्षा क्षेत्रमा याेगदान पुर्याएकाे भन्दै संघले सेवा निवृत्त शिक्षकद्वय मोतिलाल ताजपुरिया र रमेश न्यौपानेलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ झापाका उपाध्यक्ष बद्री कार्की, नेपाल शिक्षक महासंघ झापा रका सचिव तोयानाथ दाहाल, नेपाल शिक्षक महासंघ झापाका सह सचिव हरिप्रसाद राजवंशी, नेपाल शिक्षक महासंघ झापाका सदस्य राजेन्द्र प्रसाइ, नेपाल शिक्षक महासंघ गौरीगंजका अध्यक्ष हरिलाल यादब, गौरीगंज माबिका प्रअ गोबिन्द घिमिरे, खजुरगाछी माबिका प्रअ गहेन्द्र बिक्रम साह, आदर्श माबिका प्रअ लक्ष्मण राजवंशी र बालकल्याण माबि रका प्रअ भिम कोइराला लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बार्षिक आर्थिक प्रतिवेदन अध्यक्ष ताजपुरयले प्रस्तुत गरेका थिए । सभामा सहभागी प्रमुख अतिथि, अतिथि तथा सहभागीलाई ईन्द्रावती राजवंशीले स्वागत गरेका थिए भने सञ्चालन कर्मा शेर्पाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस