राजवंशी समाज विकास समिति झापाले महावीर चिलारायकाे जन्माेत्सव भव्यरूपमा मनाउने

February 24, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज १२, फागुन / राजवंशी समाज  विकास समिति झापाले विश्व महावीर चिलारायकाे ५११ औं जन्माेत्सव भव्यरूपमा मनाउने भएकाे छ ।
समितिले राजवंशी समुदायका विभिन्न अग्रज व्यक्ति तथा बुद्विजीवीहरूसंग आज धुलावारीमा अन्तरक्रिया गरि त्यसकाे तयारीमा जुटेकाे छ ।
राजवंशी समाज विकास मेचीनगर कार्य समितिकाे सहआयाेजनामा फागुन १५ गते शनिवार आयाेजित जन्माेत्सव कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम सहित जिल्लास्तरिय काेच कविता प्रतियाेगिता हुने समितिका जिल्ला सचिव मुनिलाल राजवंशीले जनाएका छन् ।
राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष दिनेश्वर राजवंशीकाे अध्यक्षतामा भएकाे अन्तरक्रिया कार्यक्रममा विशेष जन्माेत्सव कार्यक्रममा सहभागी भई सफल बनाउन अाव्हान गरिएकाे छ ।
राजवंशी समाज समितिका केन्द्रीय सल्लाकार दलसिंह राजवंशीकाे प्रमुख आतिथ्यतामा भएकाे अन्तरक्रिया कार्यक्रममा राजवंशी धर्म संस्कार समितिका झापा अध्यक्ष लखन राजवंशी, राजवंशीले विश्व महाविर चिलारायकाे विषयमा प्रकाश पारेका थिए भने राजवंशी समाज समिति मेचीनगर कार्यसमितिका सल्लाहकार संयाेजक हदृय राजवंशी, ईन्जिनियर प्रदिप राजवंशी, रासविस मेचीनगरका अध्यक्ष दिनेश राजवंशी, धुसालाल राजवंशी, पुनम राजवंशी, माधव राजवंशीलगायतले मन्तव्य राखेका थिए । अन्तरक्रिया कार्यक्रमकाे सञ्चालन राजवंशी समाज समितिका जिल्ला सचिव मुनिलाल राजवंशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस