हाजिर पुस्तिकासहित गाैरादह नगरपालिका कार्यालय अगाडि शिक्षकहरू धर्ना, विद्यालयकाे पठनपाठन ठप्प

February 26, 2021 मा प्रकाशित

Advertisement


गाैरीगंज १४, फागुन / गाैरादह शिक्षक महासंघ नगर समितिले नगरपालिका कार्यालय अगाडि आज शुक्रबार धर्ना दिएकाे छ।
गाैरादह नगरपालिकाले शिक्षा बजेटमा व्यापक कटाैती गरेकाे भन्दै शिक्षक महासंघ नगरसमितिकाे अगुवाईमा सामुदायिक विद्यालयका शिक्षकहरूले ३  घण्टा    धर्ना दिएका हुन्।

शिक्षकहरूले नारावाजी गर्दै प्ले कार्ड र व्यानर सहित जनता मावि विद्यालयदेखि गाैरादह बजार, डिपु चाैक हुँदै नगरपालिका कार्यालय अगाडि धर्ना दिएका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा छैठाे नगरसभाबाट पारित शिक्षा बजेट अन्तर्गत नगरपालिकाले बाल शिक्षक र कर्मचारी प्राेत्साहन भत्ता, विद्यालय कर्मचारी निवृत प्राेत्साहन भत्ता, अंग्रेजी शिक्षक व्यवस्थापन प्रा. वि. तह स्वयसेवक र प्ले ग्रुप कक्षा व्यवस्थापनलगायत १३ बुँदै मागसहित महासंघले धर्ना दिएकाे हाे ।

गाैरादह नगरपालि भित्र रहेका ३२ वटा सामुदायिक विद्यालयका शिक्षकहरूले हाजिर पुस्तिकासहित धर्नामा सहभागी भएका थिए । उनीहरू सबै धर्ना स्थलमै हाजिर गरेका थिए । शिक्षकहरू धर्नामा गएपछि गाैरादह नगरपालिकाकाे सबै सामुदायिक विद्यालयहरूमा पठनपाठन ठप्प रह्याे । विद्यालयहरूमा पठनपाठन हुन सकेन ।

नगरपालिकाले बाल शिक्षक र कर्मचारी प्राेत्साहन शिर्षकमा १४ लाख ४० हजार रूपैयाँ, विद्यालय कर्मचारी निवृत प्राेत्साहन शिर्षकमा ४ लाख रूपैयाँ, २० जना अंग्रेजी शिक्षक प्रा. वि. तह ( स्वयंसेवक) शिर्षकमा ३९ लाख रूपैयाँ र प्ले ग्रुप कक्षा व्यवस्थापन शिर्षकमा ८ लाख रूपैयाँ कटाैती गरेकाे छ ।

कटाैती गरिएकाे बजेटकाे विषयमा व्यक्तिगत तथा संस्थागतरूपमा पटक -पटक ध्यानाकर्षण गराए पनि नगरपालिकाले गम्भीरतापूर्वक नलिएकाेले चरणवद्व आन्दाेलन गर्नु पर्ने बाध्यता भएकाे अध्यक्ष बाबुराम भण्डारीले बताए ।

महासंघले पहिलाे चरण अन्तर्गत विभिन्न सञ्चार माध्यमहरूलाई जानकारी गराउने, फागुन २ गते नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाउने, फागुन ६ गते विद्यालयका पिटिए अध्यक्ष, व्यवस्थापन समिति अध्यक्ष र दलगत प्रतिनिधिहरूसंग छलफल गर्ने र फागुन ९ गते कार्यपालिका सदस्यहरूसंग अन्तरक्रिया गर्ने रहेकाे थियाे । त्यसैगरि महासंघले दाेस्राे चरणमा फागुन १४ गते एक दिन विद्यालय बन्द गरि सम्पुर्ण शिक्षक, कर्मचारीहरू डिपुचाैकमा भेला भई प्ले कार्ड बाेकी नगरपालिकाकाे कार्यालयमा शिक्षक, कर्मचारी हाजिर खाता बाेकी नगरपालिकामै हाजिर गरि नगरपालिका घेराउ गर्ने , फागुन २१ गते नगरपालिकाकाे सम्पुर्ण बाल शिक्षक, कर्मचारी तथा शिक्षक महासंघका पदाधिकारीहरू धर्ना दिने र तेस्राे चरणमा महासंघले अझ सशक्त एवम् कठाेर अान्दाेलनकाे कार्यक्रम सार्वजनिक गरेकाे थियाे ।

गाैरादह शिक्षक महासंघका अध्यक्ष भण्डारीले नगरपालिकाले हालसम्म नगर शिक्षा समिति गठन नगरेकाे हुँदा प्रचलित कानुन बमाेजिम नगर शिक्षा समिति तुरुन्त गठन गर्नुपर्ने माग गरेका थिए ।

नगरकाे शैक्षिक गुणस्तरमा नगरपालिका सजक रहेकाे बताउँदै शिक्षामा नगरपालिकाकाे छैठाे नगर सभाबाट १ कराेड ८६ लाख रूपैयाँमा छुट्याएकाे गाैरादह नगरपालिकाका प्रमुख  राेहित कुमार साहले जानकारी गराए । काेराेना भाईरसकाे महामारीले वजेटकाे कार्यान्वयनमा चुनाैती थपिएकाे नगर प्रमुख साहकाे भनाई थियाे । शिक्षकहरूकाे मागप्रति नगरपालिका संवेदनशील भएकाे बताउँदै बार्ताकाे माध्यमबाट समस्याकाे हल गर्ने नगरप्रमुख साहले बताए ।
धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम भण्डारी, नेपाल शिक्षक संगठन गाैरादहका अध्यक्ष लिला गाैतम, शिक्षक संघ गाैरादहका अध्यक्ष रत्न कटुवाल, प्रगति माविका प्रअ डिल्लीराम अधिकारी, जनता माविका प्रअ हरि अधिकारी, माेती माविका कर्मचारी हरी ढकाल, बालशिक्षक भगवती भण्डारीलगायतले बाेलेका थिए भने सञ्चालन महासंघका सचिव पुन्य मिश्रले   गरेका थिए ।


लेखाशाखामा ताला

गाैरादह नगरपालिकाकाे लेखा शाखामा कर्मचारी नभएपछि ताला लगाईएकाे छ । लेखाशाखाका सहलेखापाल गणेश भट्टराई प्रसुति स्याहार विदामा र कार्यालय सहयाेगी कार्यालयकै काम विशेषले अान्तरिक राजस्व कार्यालय दमक गएपछि लेखाशाखामा ताला लगाईएकाे छैठौं अधिकृतस्तर कर्मचारी प्रज्वल अधिकारीले जानकारी गराएका छन् ।
लेखा शाखाका सहलेखापाल गणेश भट्टराई हिजाे विहिवारदेखि १५ दिनसम्म प्रसुति स्याहार विदामा घर बसेका हुन् ।
लेखाशाखा बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराई पनि कार्यालयमा थिएनन् । उनी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे ३ दिने तालिमका लागि विराटनगर गएकाे जनाईएकाे छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस