प्रधानमन्त्री केपी ओली आईतबार झापा आउँदै

February 26, 2021 मा प्रकाशित

Advertisement

दमक१४, फागुन/ प्रधानमन्त्री केपी शर्मा ओली आँउदो फागुन १६ गते औद्योगिक पार्क शिलन्यासका लागि आफनो निर्वाचन क्षेत्रमा आउने कार्यक्रम छ । राष्ट्रिय राजनीतिमा भएको नयाँ घटना क्रमले प्रधानमन्त्री ओली यहाँ आउने कार्यक्रम परिवर्तन नहुने उनको निजी सचिवालयले जनाएको छ ।
चीन नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले  प्रधानमन्त्री आउने कार्यक्रम नरोकिएको स्पष्ट पारे । प्रधानमन्त्री सहित विशिष्ठ ब्यक्तिहरुको उपस्थितिमा शिलन्यास हुनेछ–उनले भने । यसभन्दा अघि नै ओली दमक आउने सार्वजनिक भएको थियो । करिब ५० हजार मानिसहरु औद्योगिक पार्क शिलन्यासमा सहभागि गराउने भनिदै आएको छ ।
दमक, गौरादह र कमल गाँउपालिकाको संगमस्थल झर्कामा औद्योगिक पार्क शिलान्यास कार्यक्रममा राष्ट्रिय कलाकारहरु समेत आउने सामाजिक सञ्जालहरु मार्फत बाहिर आएको छ ।
सरकारले कानूनी अड्चनहरु भएमा त्यो हटाएर सहज वातवरण बनाएको अवस्थामा पार्कमा लगानीको कुनै पनि समस्या छैन– थापाले भने । सरकार परिवर्तन वा अन्य कारणले विकासका कामहरुमा असर नपर्ने भन्दै सो योजनासंग अहिलेको राजनीतिले सरोकार नराख्ने पनि उनको भनाई थियो । सो औद्योगिक पार्कमा तिब्बतको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीको लगानी रहने थापाले बताए । सोका लागि लगानीबोर्डले ६४ अर्ब लगानी स्वीकृत गरिसकेको छ ।
थापाले यो पार्क यस क्षेत्रको मात्र नभएर नेपालको एवं दक्षिण एशियामा नै नमुना बन्ने पनि बताए । बढिमा दूई बर्षभित्रमा संरचना बनाएर ठुलाठुला उद्योगबाट सामान उत्पादन शुरु हुने उनको भनाई छ । कहाँ बनाउने भन्ने ठाँउको चिन्ता छैन, लगानीको चिन्ता छैन र अनि बजारको पनि कुनै समस्या एवं चिन्ता छैन– थापाले भने । प्रधानमन्त्री ओलीले अन्य थुप्रै योजनाहरुको पनि शिलान्यास तथा उदघाटन गर्ने कार्यक्रम यस अघिनै सार्वजनिक भइसकेको छ ।

(निष्कर्ष न्युजबाट साभार)

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस