ह्वार-ह्वार्ती पानी चुहिने खरकाे छाना मुनि धनिलालकाे वास

March 24, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज -३ हुक्कागाछीका धनीलाल महताे

गाैरीगंज ११, चैत / खरकाे छाना – त्याे पनि वर्षामा ह्वार – ह्वार्ती पानी चुहिने । ५ धुर जग्गामा माटाेले लिपेर बाँस र कर्चीले बनाएकाे टाँटीकाे घर । उमेरले ८० कटेका धनीलाल महताे – त्यही घरका घरमुली हुन् ।

गाैरीगंज गाउँलिका वार्ड नं. ३ हुक्कागाछीका महताे त्यही घरकाे छाना मुनि रात विताएकाे कयाै बर्ष भयाे । तर खरकाे छाना विस्थापित गरि जस्तापाता लगाउने सरकारकाे अभियानले उनलाई छाेएन ।
स्थानिय सरकारले उनकाे पक्की घर निर्माण गरिदिने भनी नाम टिपेर लग्याे । नाम पनि छनाैट भयाे तर ५ हजार रूपैयाँ अपुग भएपछि उनकाे नाम रद्द गरि अर्कैकै नाममा घर पर्याे । उनले दुखेसाे पाेख्दै भने – ‘ घर निर्माणका लागि २५ हजार रूपैयाँ माग्याे । ऋण गरेर जसाेतसाे २० हजार रूपैयाँ जुटाए । ५ हजार रूपैयाँ पुगेन । त्यतिकैमा मेराे नाममा अाएकाे घर रद्द गरि अर्कैकाे नाम गरिदियाे। ‘ विपन्न अावास कार्यक्रम अन्तरगर्त गाैरीगंज गाउँपालिकाले २ लाख ५० हजार रूपैयाँमा साझेदारीमा घर निर्माण गर्न उनकाे नाम छनाैट गरेकाे थियाे । रकम अपुग भएपछि उनकाे साटाे अर्कैकाे नाममा घर दिएकाे वार्ड नं. ३ का अध्यक्ष मखना महताेले जानकारी गराएका छन् ।

गाैरीगंज गाउँपालिकाकाे १ लाख २५ हजार रूपैयाँ , १ लाख रूपैयाँ ह्याविटेड फर ह्युमानिटि संस्था, सहारा नेपालकाे प्राविधिक सहयाेग र २५ हजार रूपैयाँ उपभोक्ताकाे संयुक्त लगानीमा विपन्न अावास कार्यक्रम अन्तर्गत घर निर्माण गर्न उनकाे नाम छनाैट भएकाे थियाे । आफ्नाे नाममा आएकाे घर अर्कैलाई दिएकाे थाहा भएपछि रूनु न हास्नु भयाे । मलिन स्वरमा भने – ‘शरीर त्यति चल्दैन । काम गर्ने अवस्था पनि छैन । घर कहाँबाट बनाउनु ।यहि झुप्राेमा बसेर बाँकी जिन्दगी बिताउनु छ । ‘छाेरा बुहारी भएपनि उनीहरू माेरङ्गमा बस्दै अाएका छन् । उनी अहिले एक्लै त्यही झुप्राेमा बस्दै अाएका छन् ।

उनलाई पछिल्लाे पटक सुरक्षित नागरिक अावास कार्यक्रम अन्तर्गत टिनकाे छानाका लागि ५० हजार रूपैयाँ दिने निर्णय भई नाम छनाैट भएकाे वार्ड अध्यक्ष महताेले बताए ।

काेठा भाडामा बसेकाे बर्षाै भईसक्याे गाैरीगंज गाउँपालिका वार्ड नं. ३ हुक्कागाछी बस्ने संगीता महताेकाे । उनलाई पनि सरकारकाे विपन्न अावास कार्यक्रम अभियानले छाेएकाे छैन । गाउँघरकाे छरछिमेकले घर पाएकाे, जस्तापाता पाएकाे र घर निर्माणका लागि वजेट पाएकाे सुन्दा मन विरक्तिएकाे संगीताले सुनाईन् । ‘जसाेतसाे १० धुर जग्गा किनेकाे छु । त्यही जग्गामा घर निर्माणका लागि पटक पटक वार्ड कार्यालयलाई भने पनि कुनै सुनुवाई भएन’ – उनले देखेसाे पाेखिन् । २ वटा काखे नानी भएकी संगीताकाे श्रीमान् दिपक महताे ज्यालादारीमा काम गर्छन् ।
गाैरीगंज -३ हुक्कागाछीकी सुशिल्यादेवी महताेकाे पनि घर छैन । उनी छाेरा बुहारीकै शरणमा छिन् । उमेरले ६८ बर्ष पुगेकी सुशिल्याकाे एउटा बस्ने सानाे घर भईदिए आनन्दसंग बस्ने उनकाे धाेकाे छ । ‘ घर जग्गा केही छैन उनकाे नाममा उनकी बुहारी सुनिताले सुनाउदै भनिन् – सासू अामालाई सानाे भएपनि घर भए राम्राे हुन्थ्याे ।’
गाैरीगंज गाउँपालिकाले विपन्न अावास कार्यक्रम अन्तर्गत ४० वटा घर निर्माण गर्दै छ । गाउँपालिकाकाे १ लाख २५ हजार रूपैयाँ, ह्याविटेड फर ह्युमानिटिकाे १ लाख रूपैयाँ, सहारा नेपालकाे प्राविधिक सहयाेग र २५ हजार रूपैयाँ उपभाेत्ताकाे गरि २ लाख ५० हजार रूपैयाँकाे संयुक्त लगानीमा ४० घर निर्माण हुन लागेकाे गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । जसमध्ये वार्ड नं. ३ मा ११ वटा, वार्ड नं. ४ मा १४ वटा र वार्ड नं. ५ मा १५ वटा घर निर्माण हुने प्रक्रियामा छन् ।
त्यसैगरी सांसद काेष पुर्वाधार कार्यक्रम अन्तर्गत ४८ लाख रूपैयाँ मध्ये ३८ लाख रूपैयाँ विपन्न अावास कार्यक्रममा छुट्याईएकाे अध्यक्ष श्रेष्ठले जानकारी गराएका छन् ।
उनका अनुसार वार्ड नं. ६ मा ८ वटा, वार्ड नं.३ मा ५ वटा र वार्ड नं. ५ मा ३ वटा गरि १६ वटा घर निर्माण प्रक्रिया रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस