नेविसंघ गाैरीगंज बहुमुखी क्याम्पस ईकाई समितिद्वारा २ दिने उद्घाेषण तालिम शुरू

March 26, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज १३, चैत / नेपाल विद्यार्थी संघ गाैरीगंज बहुमुखी क्याम्पस ईकाई समिति गाैरीगंजले २ दिने आधारभुत उद्घाेषण तालिम सञ्चालन गरेकाे छ ।
उद्घाेषण कला र क्षमता विकास गर्ने उदेश्यले सञ्चालन गरिएकाे तालिमकाे प्रमुख अतिथि
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताे थिए । गाैरीगंज बहुमुखि क्याम्पसमा सञ्चालन गरिएकाे तालिममा दुई दर्जन भन्दा बढी युवा युवतीहरूकाे सहभागीता रहेकाे छ ।
उद्घाेषण तालिमकाे प्रशिक्षकमा हिमशिखर टेलिभिजनका कार्यक्रम प्रस्ताेता तथा समाचार प्रमुख सुदिप अधिकारी र गाैरीगंज दर्पणका सम्पादक मदन राजवंशी रहेका छन् । तालिमकाे उद्घाटन कार्यक्रममा वार्ड नं ३ का वडा सदस्य हेमा आचार्य, पत्रकार आत्माराम राजवंशी, गाैरीगंज बहुमुखी क्याम्पसका स्ववियु सभापति देव ताजपुरियालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल विद्यार्थी संघ गाैरीगंज बहुमुखी क्याम्पस ईकाई समिति गाैरीगंजका सभापति कृष्ण दास बाबाजीकाे सभापतित्वमा भएकाे तालिममा गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले आर्थिक सहयाेग गरेकाे छ। उद्घाटन कार्यक्रमकाे सञ्चालन राेशन यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस