गाैरीगंज प्राथमिक स्वास्थ्य केन्द्रकाे नयाँ भवनमा क्वारेन्टाइन तयारी अवस्थामा राख्नेे, नाकामा पनि हेल्प डेस्क स्थापना

March 26, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज १३, चैत / काेराेना भाईरसकाे संक्रमण पछिल्लाे समयमा नेपालमा पनि बढ्दै गएपछि गाैरीगंज गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रकाे नयाँ भवनमा रहेकाे क्वारेन्टाइन तयारी अवस्थामा राख्ने निर्णय गरेकाे छ ।
गाउँपालिका स्तरिय काेभिड १९ आपतकालिन कार्य सञ्चालन केन्द्र सीसीएमसीकाे आज बसेकाे बैठकले उत्त निर्णय गरेकाे हाे ।
बैठकले काेराेना संक्रमणबाट बच्न विभिन्न स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने भन्दै गाउँपालिका भित्र भारतसंग जाेडिएकाे खुल्ला नाका खजुरगाछी फत्तेपुरमा हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेकाे छ ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा बसेकाे बैठकले अाम नागरिकहरूलाई न्युनतम सुरक्षा मापदण्ड अपनाउन भन्दै मेला,भेला, जात्रा, चाडपर्वलगायत बजारहरूमा भिडभाडलाई सकेसम्म नगर्न नगराउन भनेकाे छ । त्यसैगरी वैठकले सम्पुर्ण सामुदायिक विद्यालय, संस्थागत विद्यालय, बैंक, वितिय संस्था, बजार, पसल, साप्ताहिक बजारहरूलगायत अन्य भिडभाड हुने क्षेत्रहरूमा न्युनतम सुरक्षा मापदण्ड अपनाउन निर्णय गरेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस