सिमा नाकाबाट माेटरसाईकलसहित बाेईलर कुखुरा बरामद

March 28, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज १५, चैत / प्रहरीले भारत तिरबाट अवैधरूपमा ल्याईएकाे बाेईलर कुखुरा पक्राउ गरि नष्ट गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेवारी वीरपुर सिमानाकामा अाज विहान करिव ९.३० बजे ३५ केजी बाेईलर कुखुरासहित माेटसाईकल बरामद गरेकाे थियाे ।
गाैरीगंज गाउँपालिका – २ स्थित काेराेवारी प्रहरी चाैकीबाट गएकाे प्रहरी टाेलीले बाेईलर कुखुरासहित यामाहा कम्पनीकाे काे ७ प ४५३३ नम्बरकाे माेटसाईकल बरामद गरेकाे हाे ।
बरामद गरिएकाे माेटरसाईकल ईलाका प्रहरी कार्यालय गाैरीगंजमा राखिएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का वार्ड सदस्य मुकेश कुमार साह, प्रहरी नायव निरिक्षक दिपेश राजवंशी, गाैरीगंज क्वारेन्टाइनकि प्रतिनिधि ललिता ढुंगानालगायतकाे राेहवरमा भारतीय कुखुरा नष्ट गरिएकाे थियाे

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस