gauradha suchana

 

 

वेश्यावृद्वि गराएकाे आराेपमा दुई महिला पक्राउ

दमक १८,चैत / झापाको दमकमा वेश्यावृत्ति गराएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका ३ बस्ने ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलामको चुलचुली गाउँपालिका ४ बस्ने नन्दिता सावाँ लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

दमक नगरपालिका वडा नं. ६ नयाँ सब्जीमण्डीस्थित एक घर भाडामा लिई वेश्यावृत्ति गराइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरिएको थापाले बताए ।

साथै इलाका प्रहरी कार्यालय दमकले सो भाडाको घर खानतलासी गरी १७ देखि ३९ वर्ष उमेर समूहका आठजना महिला तथा युवतीहरुलाई उद्धारसमेत गरेको प्रहरीले जनाएको छ । उद्धार गरिएकाहरुलाई आफन्तको जिम्मा लगाई छाडिएको पनि प्रहरीले जनाएको छ ।

 

 


यो पनि पढौँ

चैतुवारीमा सामूहिक सिरुवा, पत्रकारसहित ६ जना सम्मानित

आज सिरूवाकाे स्थानिय विदा

गाैरादहकाे वैराती महाराजथानमा सिरूवा विशेष कार्यक्रम भव्यरूपमा सम्पन्न

मानव र प्रकृतिबीचको सम्बन्ध गाँस्ने सिरुवा पर्व

उबेलाकाेे सिरूवा बाल मस्तिष्कमा मात्र कैद

सिरूवामा फूलघाेडाकाे विक्री, मालीलाई भ्याईनभ्याई