फत्तेपुर नाकामा पुनः हेल्थ डेस्क स्थापना

April 1, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज १९, चैत / गाैरीगंजकाे फत्तेपुर नाकामा पुन: हेल्थ डेस्क स्थापना गरिएकाे छ ।
काेराेना भाईरसकाे संक्रमण पछिल्लाे दिनमा नेपालमा पनि देखिन थालेपछि बुधबारदेखि उत्त नाकामा हेल्थ डेस्क स्थापना गरिएकाे हाे ।
सिमा नाकामा निगरानी गर्न सरकारले निर्देशन दिएसंगै गाैरीगंज गाउँपालिकाकाे सिसिएमसी वैठकले नाकामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेकाे थियाे । सीमामा अावतजावत गर्ने व्यक्तिहरूकाे रेकर्ड राख्नुका साथै ज्वराे मापन गरि उनीहरूकाे निगरानी गर्ने प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीका प्रमुख अनुप सेढाईले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमावर्ती क्षेत्रबाट प्रवेश गरेकाहरुलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्‍न निर्देशन दिएको छ । 

भारतीय सीमा क्षेत्रमा कोरोना पोजिटिभ भएकाहरु सार्वजनिक बसमा नै यात्रा गरिरहेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निकायहरुलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन दिएको हो । 

कोरोना भाइरस कोभिड १९को दोश्रो लहर देखिन थाले पछी गौरीगञ्जको फत्तेपुर नाकामा पुन: हेल्थ डेस्क स्थापना गरिएको छ । बुधबार देखि सो नाकामा हेल्प डेस्क स्थापना गरि सीमा बर्ती क्षेत्रमा आवतजावत गर्ने गरेको ज्वरो मापन गरि रेकर्ड राख्न थालिएको कुरा प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी का प्रमुख अनुप सेढाई ले बताएका छन् ।
सो हेल्थ डेस्क मा दैनिक एक जना स्वास्थ्य कर्मीको सेवा सहित सीमा नाकामा सुरक्षा कर्मी को निगरानी रहने जनाइएको छ । गत चैत १३ गते बसेको गाउँपालिका स्तरिय सिसिएमसि बैटकले सो नाकामा हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस