प्रधानमन्त्रीकाे राजिनामा माग्ने कांग्रेसकाे सहमति, सरकारकाे नेतृत्व आफै लिने

April 2, 2021 मा प्रकाशित

Advertisement

काठमाडौं २०, चैत / नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने सहमति भएको छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रोकेर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच छलफल भएको थियो ।
लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको एक नेताले जानकारी दिए ।

नेताहरुबीचको सहमतिपछि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा त्यही प्रस्ताव आएको ती नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस