प्रधानमन्त्रीका कारण पुनःस्थापित संसद अकर्मण्य

April 3, 2021 मा प्रकाशित


विर्तामोड  २१,चैत/ नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले प्रधानमन्त्रीका कारण पुनःस्थापित संसद अकर्मण्य र अनुत्पादक भएको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन झापाद्वारा विर्तामोडमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपसभापति निधिले अदालतको आदेशपछि प्रधानमन्त्रीको सत्तामा बसिरहने नैतिक अधिकार नरहेको उल्लेख गर्दै नीधिले भन्नुभयो–‘संसदलाई निरर्थक बनाउने काम प्रधानमन्त्रीबाट भएको छ ।’ पूर्व उपप्रधान मन्त्री समेत रहनु भएका उहाँले थप्नुभयो–‘प्रधानमन्त्रीकै कारण पुनःस्थापित संसद अकर्मण्य र अनुत्पादक भएको छ ।’
पत्रकारसंगको  भेटघाटमा बोल्दै उपसभापति निधिले प्रधानमन्त्रीले विगठन गरेको संसद अदालतले  पुनःस्थापित गरेसंगै प्रधानमन्त्रीको सत्तामा बस्ने नैतिक अधिकार सकिएको उहाँको निधीको भनाई थियो ।
नैतिक हैसियत गुमाएर सत्तामा बसिरहेका प्रधानमन्त्री ओलीलाई अपदस्त गरेर अर्को सरकार बताउनु पर्ने निर्णयमा कांग्रेस पुगेको जानकारी दिंदै निधीले त्यसका लागि जनता समाजवादी पार्टीको स्पष्ट कुरा नआउनु र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण कांग्रेस निर्णयमा पुग्न नसकेको बताउनु भयो ।
सरकार बनाउनका लागि कांग्रेस, माओवादी र जसपा एकै ठाउँमा उभिनुपर्छ ।
सो क्रममा पार्टीको १४ औं महाधिवेशन आगामी भदौमा हुन नसके पार्टीको बैधानिकता र संवैधानिक हैसियत दुवै समाप्त हुने बताउँदै क्रियाशील सदस्य वितरणदेखि गाउँ÷नगरको नेतृत्व चयनमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
देशमा उत्पन्न परिस्थितिका कारण पार्टी महाधिवेशन र सभापतिको उम्मेद्वारीको कुरा ओझेलमा परेको बताउनु भएका निधीले १४ महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको समर्थनमा सभापतिको उम्मेद्वारी दिने बताउनु भयो ।
नेपाल प्रेस युनियनका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा स्वागत उपाध्यक्ष गिरीराज भट्टराई र सञ्चालन सचिव डिल्लीराम घोसाईँले गर्नुभएको थयो ।  

Advertisement

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस