नेपाल पत्रकार महासंघ झापाकाे अध्यक्षमा एकराज गिरी निर्वाचित, गिरीकै प्यानलबाट अधिकांस सदस्य निर्वाचित

April 8, 2021 मा प्रकाशित

Advertisement

विर्तामोड २६, चैत / नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनु भएको छ ।
नयाँ नेतृत्व चयनका लागी हिँजो भएको मतदानमा शाखाका २६३ सदस्य मध्ये २५६ जना पत्रकारहरुले मतदान गरेका थिए । अहिले बिहान सम्पन्न मत गणना अनुसार प्रेस युनियन, प्रेस संगठन र मिडिया नेपाल विचको गठबन्धनका साझा उम्मेद्घार गिरीले अत्यधिक मत सहित बिजयी हुनुभएको छ । पदाधिकारीमा पनि गिरीको प्यानलै निर्वाचित भएको छ भने सदस्यहरुमा पनि अधिकांश गिरी प्यानलबाटै निर्वाचित भएका छन् । 
अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गिरीले १५५ मत प्राप्त गर्नु भयो भने केपि ओली सम्बद्ध प्रेस चौतारी र प्रेस मञ्च नेपालको गठबन्धनका उम्मेद्वार विशाल नेम्माङले ७४ मत र माधव नेपाल निकट प्रेस चौतारीबाट अध्यक्षका उम्मेद्वार तिर्थ सिग्देलले २६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरि उपाध्यक्षमा गिरीकै प्यानलका केशब भट्टराईले १३१ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । नेम्माङको प्यानलबाट उपाध्यक्षका उम्मेद्वार गोपाल झापालीले ९६ मत प्राप्त गर्नुभयो भने उपाध्यक्षका अर्का उम्मेद्वार हिमालचन्द्र खरेलले २६ मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा गिरीकै प्यानलकी शुशिला संग्रौलाले १४० मत प्राप्त गरी निर्वाचित हुनु भयो भने नेम्माङ प्यानलकी सावित्रा दाहाल भट्टराईले १०७ मत प्राप्त गर्नुभयो । सचिवमा गिरी प्यानलकै डिकेश लामाले १२८ मत प्राप्त गरी विजयी बन्दा सिग्देल प्यानलका सुव्रत न्यौपानेले ९९ मत पाउनु भयो भने प्रेम कुमार आचार्यले २५ मत प्राप्त गर्नुभयो । खुल्ला सह सचिवमा गिरी प्यानलका राजु पाठक १५५ मत सहित निर्वाचित हुँदा नेम्माङ प्यानलका बिनोद सापकोटाले ९२ मत मात्रै प्राप्त गर्नुभयो । त्यसैगरी समावेसी सह सचिवमा गिरी प्यानलका अर्जुन राजवंशी १७२ सर्वाधिक मत ल्याई बिजयी बन्दा नेम्माङ प्यानलका देशराज नेम्माङले ७३ मत मात्रै प्राप्त गर्नुभयो ।
कोषाध्यक्षमा पनि गिरी प्यानलकै रञ्जीत प्रसाईं १३३ मत प्राप्त गरी विजयी बन्दा नेम्माङ प्यानलका रमेश तिवारीले ११५ मत प्राप्त गर्नुभयो । 
सदस्यहरुमा पनि अधिकांश गिरी प्यानलबाटै निर्वाचित भएका छन् । गिरीको प्यानलबाट चिरञ्जिवी घिमिरे, मनिषा चम्लागाईं, शुष्मा राजवंशी, होमप्रसाद अधिकारी, विनोद पाण्डे, द्रोण अधिकारी र रञ्जित परियार निर्वाचित बन्नु भएको छ भने नेम्माङको प्यानलबाट राजन साम्पाङ, अच्युतराज सुवेदी, अनिल वाग्ले, र सुनिरा मैनाली निर्वाचित हुनु भएको छ । 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस