गाैरीगंज माविमाथि १० मुद्वा, पुर्व विद्यार्थीद्वारा सराेकारवालासंग छलफल

April 8, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज २६, चैत / झापाकाे सबैभन्दा पुरानाे सामुदायिक विद्यालयकाे रूपमा चिनिने गाैरीगंज माविकाे शैक्षिक र भाैतिक अवस्थाबारे सराेकारवालाहरूले चासाे लिएका छन् ।
पछिल्लाे समय विद्यालयकाे शैक्षिक र भाैतिक अवस्था खस्किदै गएकाे निष्कर्ष निकाल्दै विद्यालयका पुर्व विद्यार्थी समाज गाैरीगंज माविले चासाे लिएकाे हाे ।
समाजका संस्थापक सदस्य बेदेन्द्र ढकालकाे संयाेजनमा भएकाे अन्तरक्रिया कार्यक्रममा यहाँका जनप्रतिनिधि, पुर्व गाविस अध्यक्ष, नागरिक समाज , पुर्व विद्यार्थी, समाजसेवी, बुद्विजिवीबीच छलफल चलाएकाे हाे ।
गाैरीगंज माविकाे भाैतिक सुधार र शैक्षिक गुणस्तर वृद्वि गर्ने उदेश्यले गरिएकाे अन्तरक्रियामा विद्यालयका पुर्व अध्यक्ष तथा समाजसेवी कल्याण प्रसाद काेईरालाले विद्यालयकाे अवस्थाबारे चिन्ता व्यक्त गरे । हुलाकी सडक विस्तार गर्ने क्रममा विद्यालयकाे पर्खाल भत्काएकाेमा अाफुलाई दुःख लागेकाे बताउँदै समाजसेवी काेईरालाले पर्खाल भत्काउने विषयमा बृहत् छलफल गरेर गर्नु पर्ने बताएका थिए ।
पुर्व गाविस अध्यक्ष घनश्याम रिजालले विद्यालयकाे अवस्था अत्यन्तै दयनिय भएकाे बताउँदै विद्यालयकाे नाममा दर्ता भएकाे जग्गामा माेही कसरी लाग्याे ? अाफु चकित भएकाे बताए ।
हुलाकी सडक निर्माण गर्दा सडककाे विचबाट दायाँ बायाँ १५/१५ मिटर हुनु पर्नेमा त्यसाे नभई विद्यालयकाे पर्खाल भत्किएकाे उनले अाशंका व्यत्त गरे ।
पुर्व गाविस अध्यक्ष देवी प्रसाद राजवंशीले हुलाकी सडक निर्माण गर्ने क्रममा बाटाेकाे सिमाना छुट्याउँदा नातावाद कृपावादबाट प्रेरित भई बाटाे छुट्याएकाे बताए । बाटाेकाे सिमाना छुट्याउँदा सराेकारवालाहरूसंग अावश्यक छलफल बिनै सडक निर्माण भएकाेमा समस्या निम्ताएकाे उनकाे भनाई थियाे ।
अर्का पुर्व गाविस अध्यक्ष विश्वराज रिजालले शिक्षाकाे महत्व नबुझ्ने व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष बनाउँदा विद्यालयकाे शैक्षिक गुणस्तरमा सुधार नभएकाे तर्क गरेका थिए । विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष सम्बन्धि वडाकाे अध्यक्ष हुनु पर्ने कुन शिक्षा नियमावलीमा छ, देखाउनु पर्याे नि ? पुर्व गाविस अध्यक्ष रिजालले प्रश्न गर्दै भने – ‘ सबै सेटिङ्गमा भएपछि कसकाे के लाग्छ ।’
विद्यालयका पुराना कर्मचारी जगर्नाथ शर्माले कुनै बेला जिल्लाकै सबैभन्दा धनी विद्यालयकाे रूपमा चिनिने गाैरीगंज मावि अहिले सबै भन्दा गरिब अवस्थामा पुगेकाे बताए । ‘ साधुकाे छाेरालाई चाेर बनाउन खाेज्दै छ ‘ – उनले विद्यालय प्रशासनप्रति ईङ्गित गर्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले हुलाकी सडक निर्माण गर्ने क्रममा गाैरीगंजका दुईवटा विद्यालयका पर्खाल भत्काउन परेकाेमा अाफु पनि मर्माहत भएकाे बताए । गाैरीगंज मावि र पृथ्वी नारायण प्राविकाे पर्खाल भत्काउन परे पनि त्यसकाे पुन निर्माणकाे लागि त्यसकाे व्यवस्थापन गाउँपालिकाले गर्ने बताए ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताेले गाैरीगंज माविकाे पर्खाल निर्माणमा वडा बाट १० लाख रूपैयाँ बजेट विनियाेजन गर्ने प्रतिबद्वता व्यक्त गरेका थिए । गाैरीगंज माविमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न शिक्षककाे व्यवस्थापन खर्च वडा कार्यालयले व्याेहाेर्ने उनले बताए । समाजसेवी केदार ढुंगेलले विद्यालयकाे शैक्षिक भाैतिक सुधारबारे सराेकारवालाहरूसंग बृहत् छलफल गरेर अगाडि बढ्नु पर्नेमा जाेड दिएका थिए ।
पुर्व विद्यार्थी समाज गाैरीगंज माविका संस्थापक सदस्य बेदेन्द्र ढकालले पर्खाल पुनः निर्माणकाे विषय गाैण रहेकाे भन्दै कसरी पर्खाल भत्काईयाे र कसकाे निर्देशनमा भत्काईयाे भन्ने सवाल मुख्य विषय रहेकाे बताए । कार्यक्रममा विद्यालयकाे भाैतिक र गुणस्तर सुधारका लागि अावश्यक सुझाव र सल्लाह भए लिखितरूपमा दिन पनि उनले अाग्रह गरे । निकट भविष्यमा विद्यालयकाे ईतिहास समेट्ने गरि स्मृति स्मारिका प्रकाशन गर्ने पनि उनले जानकारी गराए ।गाैरीगंज माविका पुर्व विद्यार्थी कविराज बान्तवाकाे संयाेजकत्वमा काठमाडौंमा गठन गरिएकाे समितिमा ९ जना रहेका छन् ।

 

 

विद्यालयमाथि १० मुद्वा

‘बैंसमा स्याल पनि घाेर्ले हुन्छ’ उमेर छदाँ र समयकाे बलमा सबैले मान्ने गर्छन् तर समय वित्दै गएपछि उमेर पनि ढल्कन्छ । त्यस समयमा साथ दिने काेही हुदैनन् र सबैले छाेड्छन् । याे उखानले दिएकाे अर्थ झै गाैरीगंज माविकाे अवस्था छ ।

गाैरीगंज माविकाे स्थापाना वि.सं. २००८ साल भएकाे हाे । विद्यालयकाे नाममा गरिब ७२ विघा जग्गा छ । । दर्ता कायम रहेकाे गाैरादह वार्ड नं. ९ वैगुनधुरामा ५२ विघा जग्गा मध्ये १८ विघा जग्गामा माेहीयानी छ । माेहीयानी भन्दै ५ जना स्थानियले जाेतभाेग गर्दै छन् । माेही रहेकाे र जाेतभाेगकाे अाधारमा अाफुहरूले १८ विघा जग्गा पाउनु पर्ने भन्दै त्यहाँका मंगल टुडु, भगत सुरेन, चुडा बहादुर भुजेल, गंगा बहादुर भुजेल र इन्द्र बहादुर भुजेलले जिल्ला अदालत झापा र ईलाममा मुद्वा दिएका छन् । करिब ३ बर्षदेखि उत्त १८ विघा जग्गा जाेगाउन विद्यालय प्रसाशनले उनीहरूसंग मुद्वा लडिरहेकाे विद्यालयका प्रअ गाेविन्द प्रसाद घिमिरेले जानकारी दिए । उत्त जग्गाकाे विषयमा ६ वटा मुद्वा झापा जिल्ला अदालत र ४ वटा मुद्वा उच्च अदालत विराटनगर ईलाम इजलासमा खेपिररहेकाे विद्यालयका प्रअ घिमिरेले बताए । विद्यालयकाे नाममा हाल १५ लाख ऋण रहेकाे पनि उनले बताए ।
विद्यालयकाे नाममा कम्पाउण्ड रहेकाे करिब ४ विघा मध्ये २ विघा ऐलानी रहेकाे र उत्त ऐलानी जग्गा केही व्यक्तिले आफ्नाे नाममा दर्ता गर्न गिद्वे दृष्टि लगाईरहेकाे उनले बताए । माेही भएकाे भन्दै कम्पाउण्डसंगै रहेकाे जग्गामा केही व्यक्तिले नामसारी गर्न प्रकिया अगाडि बढाएकाे उनले बताए ।
विद्यालयकाे आर्थिक अवस्था उकास्न गाैरादह वार्ड नं. ९ काे ५२ विघा जग्गा काेटेशन मार्फत ठेक्का लगाएकाे छ । १ विघाकाे ५५ हजार ५ सय ५५ रूपैयाँमा एक संस्थालाई ठेक्का विद्यालय प्रशासनले दिईकाे छ ।
विद्यालयकाे पुरानाे १८ काेठे भवन मक्किएकाे छ । जसले विद्यालयकाे पुरानाे साैन्दर्यता पनि हराएकाे छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस