banner

चैतुवारीमा सामूहिक सिरुवा, पत्रकारसहित ६ जना सम्मानित

April 16, 2021 मा प्रकाशित

Advertisement

झापा , बैशाख ३ । शुक्रबार बिर्तामोड २ स्थि पञ्चरत्न माविमा आयोजित सिरुवा उत्सवमा राजवंशीहरु निकै रमाएका देखिन्थे ।

गीतसंगीतसहितको सांस्कृतिक कार्यक्रममा नाच्ने गाउनेको सँख्यामा कमी थिएन । राजवंशी विकास प्रतिष्ठानले शुभकामना आदानप्रदान तथा सिरुवा उत्सव आयोजना गरेको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार बलराम राजवंशीले गीत प्रस्तुत गरिरहँदा मंच र मंच अगाडि नाच्नेहरुको भिडभाड थियो । कार्यक्रममा बलरामसँगै स्थानीय कलाकारहरुले गीतनृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीले उद्घाटन गरे । प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी , बिर्तामोड नगरपालिकाका उप प्रमुख पवित्रा महतारा प्रसाई , बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्र संगौला , ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला , बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई , रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका चार्टर पे्रसिडेन्ट सन्तोष अग्रवाल , थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष पुष्पलाल चौधरी , स्थानीय समाजसेवी डोमालाल राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस अवसरमा नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित हुने चार जना राजवंशी पत्रकारसहित ६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पत्रकारहरु आत्माराम राजवंशी , पुकार राजवंशी , अर्जुन राजवंशी र सुष्मा राजवंशी रहेका छन् । त्यस्तै १ सय वर्षिया वयोबृद्धा डालो राजवंशी र कार्टुनिष्ट पवन राजवंशीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा एकअर्कालाई रंग लगाइदिएर सामूहिक सिरुवा खेलिएको थियो । प्रतिष्ठानकी उपाध्यक्ष रुपा राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव इन्द्रसिंह राजवंशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस