लाेकल भुजाकै स्वादमा गाैरीगंजमा मेसिनबाट भुजा उत्पादन

April 22, 2021 मा प्रकाशित

Advertisement

आत्माराम राजवंशी
गाैरीगंज ९, वैशाख / यहाँकाे एक युवकले वैदेशिक राेजगारलाई छाडेर स्थानिय उत्पादनलाई बजारसम्म पुर्याई आय आर्जनकाे स्राेत बनाएका छन् ।

भारतकाे पंजाबमा २० बर्षदेखि राेजीराेटीका लागि काम गर्दै आएका गाैरीगंज गाउँपालिका वार्ड नं ५ जनताचाैक डाँगीटाेलाका विशेश्वर प्रसाद सिंह गन्गाईले मुरई ( भुजा) उत्पादन गरेर  आयआर्जनकाे स्राेत बनाएका हुन् ।

आदिवासी बस्तीमा घरमै खानका लागि पनि भुजा बनाउने चलन छ । पछिल्लो समय घरेलु भुजाको माग बढ्दै गएपछि उनले व्यावसायिकरूपमा लाेकल भुजा मेसिनबाट उत्पादन गर्ने गरेका हुन् ।
गाैरीगंज -५ डाँगीटाेलाकी ईन्द्रावती गन्गाईकाे नियमित आम्दानी स्राेत नै मुरई ( भुजा) बनाएर विक्री गर्नु हाे । भुजा भुट्ने मेसिन गाउँमै भएपछि ईन्द्रावतीले परम्परागत चुलाबाट भुजा बनाउन छाडिन ।

सीमावर्ती बस्तीकाे डाँगीटाेलामा ६० परिवारको बसोबास  छ । उनीहरू प्रायः सबै आदिवासी गन्गाई जातिका छन् । त्यस टाेलकाे सबै घरमा भुजा बनाईन्छ – त्याे पनि परम्परागत चुलाबाट । उनीहरू ईन्द्रवती जस्तै अहिले आधुनिक मेसिनबाट भुजा बनाउने गर्छन् र बजारमा विक्री गर्छन् ।

२ लाख २५ हजार रूपैयाँकाे लगानीमा स्थापना गरेकाे भुजा बनाउने घरेलु उद्योग अहिले सञ्चालक विशेश्वरलाई भ्याईन भ्याई छ । ‘ गाउँका सबै महिलाहरू मेसिनबाट भुजा बनाउन आउँछन्’ , उनी भन्छन् – उनीहरूलाई पनि सजिलाे भएकाे छ, मलाई नि राम्रै आम्दानी हुन्छ ।’

१ किलाे चामलकाे भुजा बनाउन २० रूपैयाँ लिने गरेका छन् । भुजासंगै चना र मकै पनि बनाउने गर्छन् । भुजा बनाउन एक जना कारिगर राखेका छन् । एक दिन काम गरेकाे १२ सय रूपैयाँ करिगरलाई दिने गरेकाे विशेश्वरले बताए । उनले भने – ‘ नेपालतिर कारिगर नपाएर भारतकाे किसनगंजबाट कारिगर ल्याएर भुजा बनाउने काम थालेकाे छु । ‘
महिनामा खर्च काटेर २० देखि २५ हजार सम्म अाम्दानी हुने गरेकाे विशेश्वरले बताए ।

डाँगीटोलाका सबै घरमा भुजा बनाइन्छ । उक्त टोलका महिलाको स्थायी रोजगारी नै हो, भुजा बनाउने । डाँगीटाेलाकाे भुजा गौरीगंज, गौरादह, दमक, केर्खा, झिलझिले, दूधे, सुरुङ्गा, बिर्तामोडलगायतका बजारसम्म भुजा पुग्ने गरेको छ ।

डाँगीटाेलाकी रमिता गनगाईले भुजा बिक्री गरेर ६ जनाको परिवारको घर सजिलै खर्च धानेकी छन् । उनले भुजा बनाएर बजारमा विक्री गरेकाे १० बर्ष भयाे । उनले पनि एक महिना यता देखि त्यही मेसिनबाट लाेकल भुजा बनाएर भुजा बिक्री गर्दै अाएकी छन् ।
हप्ताकाे २ पटक बजारमा भुजा बिक्री गर्दै आएकी छन् ।गाैरीगंजकाे बुधवारे बजार र शनिवार खजुरगाछी बजारमा भुजा बिक्री गरेकी छन् । प्रत्येक बजारमा १५ केजी देखि ३० केजी सम्म भुजा बिक्री गर्ने गरेकाे रमिताले बताईन । मेसिन भएर धेरै सजिलाे भएकाे छ , उनले भनिन – समयकाे पनि बचत र धेरै मिहिनेत पनि नलाग्ने । ‘
‘मेसिनमा बनाएकाे भुजाकाे स्वाद चुलामा बनाएकाे भुजाकाे स्वाद जस्तै छ र स्वस्थ्यकाे हिसाबले पनि कुनै फरक छैन’ – रमिताले भनिन् ।

उनीहरूले ९० रुपैयाँ प्रतिकेजीका दरले भुजा बिक्री गर्छन् । घरमै बसीबसी मासिक ५ देखि ७ हजार रूपैयाँ सम्म अाम्दानी गरेकाे रमिताले सुनाईन् ।

आदिवासी राजवंशी, गनगाई, ताजपुरिया, सन्थाल, मेचे, झाँगड, कुमाल, माझी जातिको भातपछिको खान्की भुजा नै हो ।
त्यसअघि खाजाका रूपमा चिया, तरकारीसँग भुजा खाने गर्दछन् । पाहुना आउँदा ‘चना–भुजा’ खुवाउने चलन छ । पूजा, विवाह समारोहमा पनि भुजा खुवाउने चलन छ । शहरी क्षेत्रका हाेटलहरूमा पछिल्लाे समय माछा – भुजा पनि लाेकप्रिय बन्दै गएकाे छ भने चना – भुजा पनि नास्ताकाे रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस