काण्डै काण्डबाट बालबाल बचेका वडाध्यक्ष खरेल, लुकीछिपी बसेका छन् काठमाडौंमा

April 23, 2021 मा प्रकाशित

 

Advertisement

काठमाडौ १०, बैशाख/ जग्गा ठगी प्रकरणमा मुछिएका गौरादह -७ का वडाध्यक्ष बलराम खरेल प्रहरीको फरार सुचिमा छन् । उनीसहित ६ जना प्रहरीकाे फरार सुचिमा रहेका छन् । तर खरेल सरकारी संरक्षणमा काठमाडौंमा लुकिछिपी बसेका छन । उनी नेकपा एमलेको तर्फबाट उम्मेदवार भएर वडाध्यक्षमा निर्वाचित भएका थिए । सत्ताधारी पार्टीको जिल्लास्तरीय नेता उनलाई सरकारको संरक्षण रहेको दाबी समाचार स्रोतले गरेको छ ।
खरेलमाथि सो प्रकरणका नाइके तथा नेकपा एमाले सम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाका नेता सुशील भनिने बलराम बराइलीसंग मिलेर सरकारी कागजात किर्ते गरेको अभियोग लागेको छ । यसअघि गौरादह नगरपालिका–७ वडा कार्यालयले नागरिकलाई सुविधा दिने नाममा मापदण्डविपरीत एक लाख आठ सय रुपैयाँ हिनामिना गरेको खुलेको थियाे । फुसको छानो विस्थापित गरी जस्तापाता लगाउने योजनासहित आएको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’अन्तर्गत केन्द्र सरकारले दिएको रकम लिएर विपन्नलाई सस्तोमा जस्तापाता दिइएको थियाे । त्यसैगरी
 वार्ड नं. ७ मा वितरणमा अनियमितता भएकाे प्रमाणित भएपछि बाख्रा फिर्ता पठाइएको थियाे । उन्नत जातको  भन्दै स्थानीय जातका बाख्रा वितरण गरेर अनियमितता भएको प्रमाणित भएकाे थियाे ।
वार्ड कार्यालयले किसानको घर घरमा पुगेर बाख्रा भेला पारी फारमलाई नै फिर्ता पठाइएको थियाे ।

त्यसैगरी तीनजना गैरनेपालीलाई नागरिकता वितरण प्रकरणमा पनि वार्ड अध्यक्ष खरेल मुछिएका थिए । तर याे प्रकरणमा पनि उनी सजिलै उम्किन सफल भएका थिए ।
उत्त प्रकरणमा इलाका प्रशासन गौरीगञ्जका प्रमुखसहित अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको थियाे ।
पक्राउ परेका उनीहरुले कीर्ते छाप र वडा नम्बर ७ का अध्यक्ष बलराम खरेलेको कीर्ते हस्ताक्षर गरी गैर नेपालीलाई नागरिकता प्रदान गरेको अनुसन्धानका क्रममा खुलेको थियाे ।

उनीहरुले जुराेपानी – ८ हाल गाैरादह नगरपालिका–७ स्थायी ठेगाना देखाई अमृत राई (नागरिकता नम्बर ०४–०६–७७–००५९१), दिपिका राई (नागरिकता नम्बर ०४–०६–७७–००५९२) र बिशाल राई (नागरिकता नम्बर ०४–०६–७७–००५९३) लाई नागरिकता बितरण गरेको अनुसन्धानको क्रममा देखिएको जिल्ला प्रहरी कार्यालय झापाले बताएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस