गाैरीगंजका युवाहरूद्वारा बजार सरसफाई

October 24, 2020 मा प्रकाशित

Advertisement

गाैरीगंज ८, कार्तिक / पछिल्लाे समयमा सामाजिक कार्यमा सक्रिय युवाहरूकाे संस्था खजुरगाछी गाैरीगंज समाजसेवी युवा संघले सतेचना तथा सरसफाई कार्यक्रम सम्पन्न गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बजार, मठ मन्दिर, सार्वजनिक स्थलहरूमा संस्थाले शुक्रवार सरसफाई गरेकाे हाे । चाडपर्वका मुखमा संस्थाद्वारा गरिएकाे सरसफाईले केही वजार क्षेत्र सफा सुग्घर देखिनुका साथै वरिवपरिकाे वातावरणसमेत स्वच्छ भएकाे छ ।

संस्थाका अध्यक्ष राेशन यादवकाे अध्यक्षतामा भएकाे सरसफाई कार्यक्रममा गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताे, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश रेग्मी, अस्थायी ट्राफिक कार्यालय गाैरीगंजका ईन्जार्च साजन कार्कीलगायतकाे विभिन्न संघ संस्थाहरूकाे प्रतिनिधिहरूकाे सहभागिता थियाे ।
विहान करिब ७ बजे नै सरसफाईका लागि उपस्थित भएका संस्थाका सदस्यहरू संस्थाकाे लाेगाे अंकित भेष्टमा निकै उत्साहित देखिन्थे । संस्थाका अध्यक्ष यादवले सम्पुर्ण वडावासी तथा नेपालीहरूकाे महान पर्व दशै, तिहर तथा छठकाे शुभकामना मन्तव्य राखेका थिए । 

हालै जिल्ला प्रशासन कार्यालय झापाबाट दर्ता भई औपचारिकरूपमा विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै आएकाे संस्थाका उपाध्यक्ष निरज माञ्जीले बताए । यसअघि पनि संस्थाले गाैरीगंज – ३ काे बजार क्षेत्र तथा चाैकमा सरसफाई गरेकाे थियाे ।
संस्थाकाे अध्यक्षमा राेशन यादव, उपाध्यक्षमा निरज माञ्जी, काेषाध्यक्षमा गाेमा भुजेल, सचिवमा जितेन पाैदार, सहसचिवमा मनाेज राजवंशीसहित १३ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस