आफ्नै परिवारसंग बसेर चाडपर्व मनाऔं

October 25, 2020 मा प्रकाशित

Advertisement

नेपालीहरुले मनाउने पर्वहरू हामीसामु एकपछि अर्को क्रमिकरुपमा आइरहेका छन् । यसैक्रममा दशैं तिहार अनि छठ पनि हाम्रो सम्मुखमा छन् । यस प्रकार हरेक वर्ष हाम्रो घर आ“गनमा चाडपर्व आउनु प्राकृतिक एवं सांस्कृतिक नियति नै हो । तर यस वर्ष भने फरक अवस्थामा चाडपर्व मनाउनु पर्ने बाध्यता सिर्जना भएको छ । 
विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका बीच चाडपर्व मनाउनु पर्ने अवस्था छ । जिल्ला प्रशासन कार्यालय झापाले कोरोनाको महामारीलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षा सर्तकता अपनाई चाडपर्व मनाउन भनेको छ ।
मन्दिर, शक्तिपीठहरुमा पुजापाठ गर्न रोक लगाएको छ भने साझ ८ बजे देखि विहान ५ बजेसम्म जिल्ला भर निषेधाज्ञा जारी गरेको छ । मेला बजार, भीडभाड नगर्न नगराउन अनुरोध गरेको छ । कोरोनाको संक्रमणबाट विश्वभर हजारौ मानिसको मृत्यु भइसकेको छ भने लाखौ मानिस संक्रमित छन् । तथापि चाडपर्व हाम्रो सांकृतिक एवं धार्मिक परम्पराका धरोहर हुन् ।
हामीले हाम्रा धार्मिक एवं सांस्कृतिक धरोहरहरुलाई जोगाई राख्न जरुरी पनि छ । तसर्थ महामारीको यस्तो विषम परिस्थितिमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई शिरोर्धाय गरी भीडभाड नगरी, मास्क लगाई, आ–आफ्नै घरमा परिवारसंग हर्षोल्लासका साथ चाडपर्व मनाउन्को अर्को विकल्प छैन् । सुरक्षितरुपमा चाडपर्व मनाऔं, आफु बचौं अरुलाई पनि बचाऔं शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस