कब्जा गरिएकाे सार्वजनिक जग्गा फिर्ता, धनीपुर्जा नै नभएकाे जग्गा संस्थालाई दान

December 23, 2020 मा प्रकाशित

Advertisement

 कब्जा गरिएको जग्गा 

 गाैरीगंज  ९, पुस /बर्षाैदेखि कब्जा गरि राखिएकाे सार्वजनिक जग्गा वार्ड कार्यालयलाई जग्गाकाे स्वामित्व छाडेकाे स्वीकार गरेका छन् । 
गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेवारी दासचाैरीमा रहेकाे ४ विघा १८ कठ्ठा १० धुर सार्वजनिक जग्गा कब्जा गर्दै आएका दुई व्यक्तिले बुधबार देखि आफ्नाे स्वामित्व छाडेकाे स्वीकार गरेका हुन् । वार्ड कार्यालयले डाकेकाे सर्वपक्षिय बैठककाे निर्णय पुस्तिकामा हस्ताक्षर गर्दै भेलाले गरेकाे निर्णय उनीहरूले स्वीकार गरेकाे बताए ।

हस्ताक्षर गरिएको पत्र

गाैरीगंज गाउँपालिका वार्ड नं. १ बस्ने विश्व प्रसाद अधिकारी र उनका छाेरा राजकुमार अधिकारीले बर्षाै देखि आफ्नाे नाममा रहेकाे भन्दै सार्वजनिक जग्गा कब्जा गरेर उपभाेग गर्दै आएका थिए ।
गाैरीगंज गाउँपालिका वार्ड नं. २ दासचाैरीमा रहेकाे कित्ता नं. १६८ काे २ विघा ४ कठ्ठा, किता नं. १६९ काे २ विघा र किता नं. १७० काे १४ कठ्ठा १० धुर जग्गा उनीहरूले अाफ्नाे स्वामित्वमा रहेकाे भन्दै खनजाेतसमेत गरेका छन् । उत्त जग्गा भारतीय सिमासंग जाेडिएकाे पिलर नं. १३९/१ मा पर्छ । तर त्यस जग्गा नजिकै बर्षाैदेखि बसाेबास गर्दै आएका करिब ९ संथाल परिवारले उत्त जग्गामा पहिले आफुहरूकाे घर रहेकाे र खाेलाकाे कटानले बसाई सराई त्यसकाे पश्चिम पट्टीकाे जग्गामा हाल बसाेबास गर्दै आएकाे बताएका छन् ।
उनीहरूले हामीले बसाेवास गरेकाे जग्गामा गाैरीगंज १ बस्ने विश्व प्रसाद अधिकारी र उनका छाेरा राजकुमार अधिकारीले जबरजस्ती जाेत्ने काम गरी अालीधुरी लगाईएकाे भन्दै साउन २३ गते वार्ड कार्यालयमा निवेदन दर्ता गराएका थिए । उत्त जग्गाकाे करिब ५ सय मिटर पर उत्तर पश्चिममा बसाेबास गर्ने लिखिराम हेमरमसहित ९ जनाले निवेदन दिएका हुन् ।

  राेक्का गरि पाउँ भन्दै दिएकाे  निवेदन

गाैरीगंज गाउँपालिका वार्ड नं. २ ले बुधबार उत्त जग्गाकाे विषयलाई लिएर सर्वपक्षिय भेला डाकेकाे थियाे ।
छलफलमा विश्वप्रसाद अधिकार र उनका छाेरा राजकुमार अधिकारीले उत्त जग्गा अाफुहरूले वर्षाै अघिदेखि उपभाेग आएकाे र वार्ड कार्यालयमा मालपोत समेत तिर्दै अाएकाे हुदाँ जग्गा आफ्नै स्वामित्वमा रहेकाे बताएका थिए ।

 वार्ड कार्यालयमा बुधबार भएकाे छलफलमा सहभागीहरू

जग्गाकाे मिति २०७७/०१/३० गते विश्व प्रसाद अधिकारीकाे नाममा वडा कार्यालयबाट मालपाेतसमेत काटिएकाे छ । तर उनीसंग उत्त जग्गाकाे जग्गा धनीपुर्जा प्रमाणपत्र भने छैन ।


 मालपाेेेत काटिएकाेे रसिद

ततभुमि सुधार तथा व्यवस्था मन्त्रालय नापी विभाग दमक, झापामा विश्व प्रसाद अधिकारीले दिएकाे निवेदनकाे द.नं. १८७० मिति २०७०/०१/१२ काे माग अनुसार क्षेत्रिय किताब उतारमा किता नं. १६८,१६९ र १७० पर्ती रहेकाे जनाएकाे छ ।

 

 

धनीपुर्जा नै नभएकाे जग्गा संस्थालाई दान
गाैरीगंज गाउँपालिका वार्ड १ बस्ने विश्वप्रसाद अधिकारीले नेपाल सरकारलाई राजस्व तिर्दै आएकाे र जाेतभाेग गर्दै आएकाे भन्दै कन्काई नगरपालिका वार्ड नं. ४ सुरूङ्गामा केन्द्रीय कार्यालय रहेकाे कास्यप गाेत्रिय अधिकारी वंश प्रतिष्ठानलाई संरक्षण गरिदिने हेतु हक हस्तान्तरण गरिदिएका छन् ।


उत्त संस्थालाई पितृमाेक्षकाे भावनामा कुलदेवी विध्यावासिनि माता भगवतीकाे पुजाअर्चना एवं धार्मिक कार्य सम्पन्नताका लागि हस्तान्तरण गरिएकाे उनले संस्थाकाे नाममा मिति २०७७/०१/०१ गते लेखिएकाे पत्रमा उल्लेख गरेका छन् ।
स्थानीयहरूले सार्वजनिक जग्गा हाे भन्दै अवराेध गर्न खाेज्दा संस्थाले वार्ड कार्यालयलाई जग्गा संरक्षणका लागि सहयाेग गरिदिन भनेर अनुराेध पत्रसमेत लेखेकाे छ ।

उत्त जग्गाकाे किता नं. १६८ , १६९ र १७० मध्ये किता नं. १६८ लाई फाेर गरि किता नं. ५२८, ५२९ र ५३० बनाईएकाे छ ।
स्थानियवासी तथा शिक्षक नारायण कार्कीले २०४३ सालतिर बाझाे पर्ती रहेकाे उत्त जग्गामा सुकुम्बासी संथालजातीका ५/६ घरपरिवार अन्यत्रबाट बसाइँ सरी आएकाे बताए । कमलखाेलाले धार परिवर्तन गरि उनीहरू बसेकाे स्थानबाट बग्न थालेपछि बसाई सरी त्यसकाे करिब ५ सय मिटर उत्तर पश्चिममा अाई बसाेबास गरेकाे उनले बताए ।
स्थानिय तथा तत्कालीन नेकपा गाउँकमिटिका सचिव विष्णु न्याैपानेले संथालहरू बसाेबास गर्नु भन्दा अघि उत्त जग्गामा कसैकाे पनि जाेतभाेग नरहेकाे बताए । २०५३/५४ सालतिर संथालहरूकाे बसाेवास रहेता पनि पछि खाेला कटानका कारण त्यहाँबाट बसाई सरेकाे उनले बताए ।
संथालहरू बस्नु अघि स्थानिय भुपनारायण यादव दास भन्ने व्यक्तिले जग्गा कमाउने गरेकाे उनकै नामले उत्त स्थानकाे नाम दासचाैरी रहेकाे स्थानियहरू बताउँछन् । स्थानिय वसन्त प्रसाद राजवंशीले जमिनदार भिम प्रसाद चाैधरीले जग्गा कमाउन आफ्नाे पिता बानालाल राजवंशीलाई दिएकाे बताए । अाफ्नाे बुवाले धेरै वर्षदेखि सरकारलाई उत्त जग्गाकाे तिराे तिर्दै अाएकाे तर अाफुसंग अहिले तिराे तिरेकाे रसिद हराएकाे बसन्तले बताए । 

 

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस