रतुवामाईका दुई जना युवक ब्राउनसुगरसहित पक्राउ

January 22, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज ९, माघ / माेरङ्ग रतुवामाई नगरपालिका दुई जना युवक प्रतिवन्धित लागुऔषधसहित विहिवार पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटि आएकाे टाेलीले विशेष सुराकीकाे आधारमा रतुवामाई नगरपालिका वार्ड नं. २ बस्ने अन्दाजी वर्ष २१ का कन्हैया गन्गाई र वार्ड नं. ८ बस्ने अन्दाजी वर्ष २० का राजकुमार गन्गाईलाई ३६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेकाे हाे ।
प्रहरीले उनीहरूलाई दमक – ८ सेतुमारी राेडमा काे२१ प १०३ नम्बरकाे माेटरसाईकल चेकजाँच गर्नेक्रममा शरिरकाे विभिन्न भागमा लुकाई छिपाई ल्याउदै गरेकाे अवस्थामा पक्राउ गरेकाे थियाे । उनीहरूसंग रहेकाे ब्राउनसुगरसहित नगद ४७ सय रूपैयाँ, माेवाईल सेट २ थान प्रहरीले बरामद गरेकाे थियाे ।
उनीहरू दुवैजना र माेटरसाईकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीकाे लागि ईलाका प्रहरी कार्यालय दमकमा राखिएकाे र झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाईएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस