ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख साह धराैटीमा रिहा

January 22, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज ९, माघ / गैर नागरिकलाई नेपाली नागरिकता दिएकाे अभियाेगमा पक्राउ परेका ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख धनञ्जय साहकाे रिहाई भएकाे छ ।
झापा जिल्ला अदालतले आज उनलाई २ लाख रूपैयाँ धराैटीमा रिहा गरेकाे हाे । उनीसँगै पक्राउ परेका कार्यालय सहयोगी २४ बर्षीय आसिर आलम र गाैरादह नगरपालिका – ७ का ५९ बर्षीय कृष्ण तिम्सिना पुर्पक्षका लागि कारागार चलान गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राकेश थापाले जानकारी गराएका छन् । प्रमुख साहलाई अदालतमा उपस्थित हुने गरी तारेखमा छाेडिएकाे प्रहरीले जनाएकाे छ । उनलाई ३ जना तिब्बती मुलका नागरिकलाई नेपाली नागरिकता दिएकाे अभियाेग लागेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस