गाैरीगंजमा आँखा उपचार केन्द्रकाे औपचारिक उद्घाटन

January 25, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज १२, माघ / विर्ता ज्याेती आँखा अस्पतालकाे सेवा केन्द्र गाैरीगंजमा पहिलाे पटक विधिवत सञ्चालनमा आएकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गेउरिया पुल पुर्वमा रहेकाे उपचार केन्द्रकाे रिवन काटेर आज औपचारिक उद्वघाटन गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले गाैरीगंज गाउँपालिकामा आँखा उपचार केन्द्रकाे स्थापना हुनुलाई गाैरीगंजवासीले अवसरकाे रूपमा लिनु पर्ने बताउदै उपचार केन्द्रलाई सबैले साथ र सहयाेग गर्नुपर्ने बताएका थिए । यस उपचार केन्द्रमा आँखाकाे सामान्य उपचार देखि शल्यक्रिया सम्मकाे सेवा सुविधाकाे व्यवस्था गरेर आँखाकाे विरामीलाई स्वास्थ्य विमा मार्फत उपचारकाे वातावरण मिलाउनु पर्ने अध्यक्ष श्रेष्ठकाे सुझाव थियाे ।
उद्वघाटन कार्यक्रममा वार्ड नं. ३ का अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि मखना महताेले विर्ताज्याेती आँखा उपचार केन्द्र गाैरीगंजमा स्थापना हुनु गर्वकाे कुरा भएकाे बताउदै उपचार केन्द्रलाई स्थायित्व बनाउन वार्ड कार्यालयले सक्दाे सहयाेग गर्ने प्रतिवद्वता जनाएका थिए ।


माघ ५ गतेबाट अस्पतालले आफ्नाे सेवा दिन थाले देखि गाैरीगंजलगायत भारतकाे विहार राज्यबाट अाखाँका विरामीहरू आउन थालेका छन् । अस्पतालले सेवा शुरू गरेकाे हप्ता दिनसम्म निःशुल्कमा ओपिडी सेवा तथा औषधि खरिद र आखाँ अप्रेशनमा २० प्रतिशत छुट दिएकाे अस्पतालका सञ्चालक माेती बरालले जानकारी गराएका छन् ।
विर्तामाेड आँखा अस्पतालल चारपाने विर्तामोडकाे सहकार्य र विर्ता ज्याेती आँखा अस्पताल दमककाे प्राविधिक सहयाेगमा गाैरीगंजमा पहिलाे पटक आफ्नाे सेवा केन्द्र विस्तार भएकाे अस्पतालका प्रशासन शाखाका अधिकृत सुनिल दाहालले बताए । उनका अनुसार अस्पतालमा दैनिक १ सय भन्दा वढी आँखाका विरामीहरू अाउने गरेकाे छ ।
उद्वघाटन कार्यक्रममा वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरी, स्वास्थ्य प्रमुख रामचन्द्र मिश्र, गाैरीगंज ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश रेग्मी, जनार्धन अाचार्यलगायतले बाेलेका थिए । डा. राकेश प्रधानकाे अध्यक्षतामा भएकाे उद्वघाटन कार्यक्रममा उद्योग वाणिज्य संघ गाैरीगंजका सचिव श्रवण गिरी, कांग्रेस महासमिति सदस्य घनश्याम रिजाल, वडा अध्यक्ष वद्रीनारायण यादवलगायतकाे सहभागीता थियाे । कार्यक्रमकाे सञ्चालन विनाेद दाहालले गरेका थिए भने उपचार केन्द्रका सञ्चालक माेती दाहाल, कर्ण राउतलगायतकाे विशेष सहयाेग रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस