उबेलाकाेे सिरूवा बाल मस्तिष्कमा मात्र कैद

April 15, 2021 मा प्रकाशित

Advertisement

आत्माराम राजवंशी / अनुभूति 

गाैरीगंज २, बैशाख/ 

घरपरिवारकाे चैत महिनाकाे टन्टलापुर घाममा पाटा गोड्ने, मुसुरी, आलस, चना आदि उखेल्ने र दाँई गर्ने चटारो। अनि हाताभरी किताव बोकेर झण्डै २० मिनेटको दुरी पार गरि पुगिन्थ्यो स्कुल । दिनभरी पढ्यो अनी फेरि दिउँसो ४ वजे हतारमा घर फिर्नु पर्ने । घरमा पालेकाे दुधालु गाइकाे घाँसकाे जाेहाे गर्नु पर्ने दैनिकी नै थियाे । अनि मात्र जाेहाे हुन्थ्याे दुधाली मेलाकाे खर्च ।

दुधाली मेला आउँदै छ भनेर गाउँभरि हर्ष, घर आँगनको सरसफाई, वालुवा र घिरौंलाको जालोले मिची मिची हात खुट्टाको मैल फालेको, सोडा हालेर सिल्भरकाे भाडामा लुगा उसिनेर मुङ्ग्राले पिटि पिटि सिरकका खोल, तन्ना, कम्मल, झल्ला धाेएको, गाेराे माटोले टाटी र दलिन पोतेको आहा !
ओल्लो घर र पल्लो घरको प्रतिस्पर्धा यस्तै यस्तैमा चल्थ्यो उबेला ।

महाराजथानकाे सरसफाई, अनि रङ् र कादाे ( हिलाे) लगाउन बाँसले बनाएकाे पिच्कारी, रङ्गसंग केराकाे बाेटकाे रस मिसाएकाे रङ्गपानी र
गर माटी ( एक प्रकारकाे माटाे)काे जाेहाे कम्तीकाे सम्झना गर्न लायक छैन ।
नाताले भाउजु पर्ने आमा उमेरकालाई म सानाे छँदा हिलाे र रङ्ग छ्याप्न अाँट गरेर जादा मलाई सजिलै नियन्त्रणमा लिई मिचिमिची रङ्ग र हिलाे लगाएकाे त्याे दिन अनि हिलाे लगायाे भनेर म रूदै घर फर्केकाे ।अब त मेराे स्मृतिमा मात्र कैद छ । नयाँ लुगा किन्न कि त दशहारा कि त सिरूवा नै पर्खनु पर्थ्याे । सर्ट र हाप पेन्ट बुवाले किनिदिदा अाफु कतिकाे अरूभन्दा राम्राे र स्मार्ट ठान्ने बाल मस्तिष्ककाे उबेलाकाे ‘फुटानी’ थियाे ।

बैशाख १ गते नै नजिककाे चाैनी वा खाेलामा गई माछा मार्ने चलन थियाे । विहान घुम्नी मुरी ( चना भुजा) खाएर माछा मार्न नजिकैकाे झरझरा र रामचन्द्रे खाेलामा गएकाे र करिब डेढ केजीकाे बुआली माछा पक्रेर घर ल्याएकाे छिमेकी मेरा बालसखी ठकुवा राजवंशीसंग कुरा गर्दा मज्जा लिएर हास्छन् उनी अहिले पनि । बुआली र सउल माछा तेती बेला खुब पाईन्थ्याे । प्रत्येक सिरूवामा गाउँका मानिसहरू जाल, ढाेस्सा, काेदालाे लिएर नजिककाे रामचन्द्रे खाेलामा गएकाे जसलाई स्थानिय भाषामा ‘मछुवारी’ भनेर भनिन्छ अहिले त्याे प्रचलन हराएर गएकाे छ ।

हाम्राे आफ्नै गाेरूगाडा जुन चैत मसान्त अर्थात चैत महिनाकाे अन्तिम तिरै सिरूवा मेला भर्न साधनकाे रूपमा तयारी हुन्थ्याे । सम्पनी गाडा ( सिङ्गारिएकाे बुट्टे दार गाेरूगाडा ) मेला भर्न तयार गरिन्थ्याे ।
गाडामा झाप लगाउने, गाडाकाे चक्का, मथानी, कनेल, गाेरूकाे गालाहारी, गाेरूकाे सिङ्गाैठी, घुग्रा, उरन्ठी ( गाेरूकाे घाटीमा लगाईने घण्टी) , झाप ( गाडाकाे माथी घामबाट छल्न सजाउने ) बुवाले सिरूवा पर्व आउनु भन्दा एक हप्ता अगाडि नै तयारी गर्नुहुन्थ्याे । गाउँभरीका प्रत्येककाे घरमा सिरूवा मेला भर्न गाेरूगाडाकाे तयारी हुन्थ्याे जुन मेराे सम्झनामा ताजै छ । गाडाकाे अघिल्लाे भागमा बहलमान (गाेरू र गाडालाई सहि बाटाेमा डाेर्याउने मानिस) बस्थे त्यसपछि घरमुलि ( श्रीमान् श्रीमती ), अनि केटाकेटी र अन्तिममा नाेकर चाकर भए उनीहरू बस्थे ।
मेला भर्न गाेरूगाडा तयार नभएकाे खण्डमा घरमा अामाकाे गणगण सुन्नु पर्थ्याे बुबाले, रिसाउनुहुन्थ्याे आमा , मानाै गाेरूगाडा मेला भर्न अनिवार्य सर्त थियाे । के राजवंशी, के ताजपुरिया, के गन्गाई जतिपनि तराई क्षेत्रमा बसाेवास गर्ने अादिवासी मुलका मानिस र अन्य समुदायका पनि मेला भर्न गाेरूगाडा लानु पर्ने र महाराजथान दर्शन गरेर जिलेवी खाने मेला बजार गर्ने अनिवार्य जस्तै थियाे ।
महिलाहरू दाती पुठ्ठी र धानसीज पेटानी अनि छिट जस्ताे सफा साडी जिउमा लप्टिने अनि गरगहना गाेठ, तार, खरूवा, हस्ली, माठा, खस्या, सना, नथिया लगाएर मेला भर्न जान्थे अनि पुरूषहरू धाेती, कमिज, फेटा लगाउँथे । मेलाबाट फर्कने क्रममा गाेरूगाडाकाे ‘कम्पिटिसन’ हुन्थ्याे , कसकाे गाेरूगाडा अगाडि पुग्छ ? भनेर । बाटाेमा मेला भर्न जाने गाेरू गाडाकाे लाम त्यसमाथि प्रत्येक गाेरूकाे घाटीमा झुण्डियाएकाे घुग्रा ( घण्टी) काे आवाज आहा ! कति राेमाञ्चक । अब ती कहिल्यै नफर्कने गरि ईतिहास बन्याे । बुबाले दिएकाे ५ रूपैयाँ मेराे लागि मेलामा खर्च गर्न अपुग हुन्न थियाे । विभिन्न जातजातिकाे पहिरनमा सजिएर आएका महिला र पुरूषहरूकाे भिडभाड, ठेलमठेल, धेरै वर्ष पछि भेट भएका साथीसङ्गी अनि उमेर पुगेका केटा- केटीहरूकाे आफ्नाे जिवन साथी छान्ने सुनाैलाे माैका, कति सुन्दर थियाे त्याे दिन ?

फिरफिरे, घिरघिरे, सिठ्ठि, मुरली, वाँसुरी, खुत्रुके, मुजुरको प्वाँख , मन्दिरको प्रसाद, नयाँ पात्रो, रङ्गी विरङ्गी सर्वत, हरियाे साेप, जुलेबी आदि दुधाली मेलाकाे घरका लागि काेसेली हुन्थ्याे । चैते हुरीले बाटाेकाे धुलाे, गाैरीया खाेलाकाे बालुवा चैते हावाले ह्वार्र हानेकाे बाल मस्तिष्ककाे त्याे उमंगलाई छेक्न सक्दैनथ्याे । त्यसबेला आठमाैजा महाराजथान, दुधाली महाराजथान, बगाहाचाैधरी महाराजथान, भक्ती महाराजथानमा मेला लाग्थ्याे । मलाई यकिन तिथि मिति थाहा छैन तर बुबाले २०४५/ २०४६ सालदेखि बिस्तारै मेला भर्न गाेरूगाडामा जाने चलन हराउदै गएकाे बताउनुहुन्थ्याे ।
बाल मस्तिष्कमा परेकाे छाप अहिले पनि विगतमा झै सलबल्लाई रहेकाे छ । वर्तमान सिरूवा पर्वकाे रङ्ग र हिलाेकाे महकत्ताकाे सार र धार दुवै हराउँदै गए पनि बाल मस्तिष्कमा परेकाे छाप मेराे स्मृतिमा रहिरहने छ, कहिल्यै भुल्ने छैन ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस