गाैरादहमा सीसीएमसीकाे बैठक बस्याे , बजार विहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला, हाेटल रेष्टुरेन्टहरू साझ ५ देखि ८ बजेसम्म मात्र

May 2, 2021 मा प्रकाशित

Advertisement

गाैरादह १९, वैशाख / गाैरादह नगरपालिकामा आइतबार बसेको काेभिड १९ विपद व्यवस्थापन समिति (सीसीएमसी ) समितिको बैठकले भाेली साेमबार देखि लागू हुने लकडाउन (बन्दाबन्दी ) सम्बन्धि विभिन्न निर्णयहरू गरेको छ।

गाैरादह नगरपालिकाका नगरप्रमुख राेहित कुमार साहकाे अध्यक्षतामा बसेकाे समितिले जिल्ला प्रशासन कार्यालयबाट गत शुक्रबार जारी गरेकाे निषेधाज्ञालाई पुर्णरुपमा पालना गर्ने निर्णय गरेको छ । कोभिड १९ को बढ्दो प्रकोपलाई मध्यनजर गर्दै ३५ बेड क्षमताको अक्सिजन सहितको आइसोलेसन वार्ड गाैरादह – ७ स्थित स्वास्थ चाैकी भवनमा र १ सय वेडकाे क्वारेन्टाइन वार्ड नं. ५ काे नमुना खेतीकाे पाउना घरमा व्यवस्थापन गर्ने समितिले निर्णय गरेकाे छ ।
नगरभित्र रहेकाे अत्यावश्यक सेवा बाहेक भाेली विहान ६ वजे देखि ११ बजेसम्म बजार खुल्ला राख्ने र जिल्ला प्रशासन कार्यालय झापाले जारि गरेकाे निषेधाज्ञाकाे बुदाँ नं. ८ लाई मध्यनजर गर्दै गाैरादह नगरपालिका भित्रका हाेटल र रेष्टुरेन्टहरू बेलुका साझ ५ देखि ८ बजेसम्म मात्र खुल्ला राख्न पाउन निर्णय गरेकाे छ । प्रत्येक वार्डमा काेभिड व्यवस्थापन सम्बन्धि समिति परिचालन गर्ने र स्वास्थ्य एवं शव व्यवस्थापनकाे लागि पनि नगरपालिकाले सहजिकरण गर्ने निर्णय गरेकाे छ । समितिले गाैरादह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रर्शुराम भट्टराईलाई फाेकल पर्सन ताेकेकाे छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस