हुलाकी सडकमा बाङ्गाेटिङ्गाे नाला बनेपछि स्थानियद्वारा विराेध, पत्रकारसंग विवाद

May 8, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज २४, बैशाख / निर्माणधिन हुलाकी सडक खण्डकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित बजार क्षेत्रमा निर्माण भएकाे नालाका विषयमा विवाद भएकाे छ ।
गाैरीगंज चाैक देखि नहरसम्म करिब ५ सय मिटर क्षेत्रमा सडक विस्तार गर्ने क्रममा नाला निर्माण गर्दा बाङ्गाे टिङ्गाे बनाएपछि स्थानियले विराेध गरेका हुन् ।
हुलाकी सडक आयाेजनाकाे परिपत्र अनुसार सरकारी अमिनले जनप्रतिनिधिकाे राेहवरमा सडककाे सिमाना छुट्टाएकाे थियाे । तर सिमाना छुट्टाए पनि केही बाेलबाला व्यक्तिहरूकाे हालीमुहाली हुदाँ सडक मिचेर सडककाे दुवै तिर नाला बाङ्गाे बनाए पछि स्थानियवासीहरू आक्राेशित भएका हुन् ।
हुलाकी सडककाे पश्चिम रतुवा खाेलादेखि पुर्व माईखाेलासम्म क्षेत्रमा नक्सामा कही पनि नागवेली स्वरूपकाे सडक नरहेपनि गाैरीगंज चाैक क्षेत्रमा यसरी बाटाेकाे स्वरूप बदल्नुले बाेलवाला व्यक्ति र जनप्रतिनिधिहरूकाे मिलेमताे रहेकाे स्थानियहरूले आशंका गरेका छन् ।
गाैरवकाे आयाेजनाकाे रूपमा चिनिएकाे हुलाकी सडककाे निर्माण कार्य अन्तिम अवस्थामा यसरी विवाद सिर्जना हुनुले नागरिकस्तरमा नकारात्मक  असर पर्न गएकाे छ भने जनप्रतिनिधिहरूकाे लापरवाही देखिन्छ ।
नाला बाङ्गाेटिङ्गाे बनाई सडककाे स्वरूप बिग्रिएकाे तस्बिर र त्यसबारे भिडियाे रिपोर्ट स्थानिय पत्रकार मदन राजवंशीले सार्वजनिक गरेपछि सामाजिक संजालमा तीब्र विराेध जनाईएकाे थियाे ।
निर्माणाधिन सडककाे त्यस क्षेत्रमा सबै तिरबाट विराेध जनाईए पछि अाज शनिबार विहान गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताेसहितकाे टाेली त्यस क्षेत्रमा पुगेका थिए ।
नाला र सडक निरिक्षणका क्रममा स्थानियवासीहरूले नक्सा बमाेजिम नाला सिधा बनाईनु पर्ने जनप्रतिनिधिसंग माग राखेका थिए । त्यसक्रममा नाला बाङ्गाे भएकाे विषयमा स्थानिय पत्रकार मदन राजवंशीले भिडियाे रेकर्ड गरिरहदा उनीसंगै वडा अध्यक्ष मखना महताेसंग विवाद भएकाे थियाे ।
गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले विकास निर्माणमा सवैले साथ सहयाेग गर्नु पर्ने बताउँदै विवादित नालाकाे विषयमा सर्वदलिय वैठक बाेलाई समस्याकाे सावधान गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस