बिहे भोज गरेको आरोपमा दुई बेहुला पक्राउ

May 12, 2021 मा प्रकाशित

पर्वत २९, वैशाख । पर्वतको जलजला गाउँपालिका-२ मा निषेधाज्ञाका समयमा बिहे भोज गरेको आरोपमा दुईजना बेहुला पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला-२ माझफाँटमा बिहेको भोजको आयोजना गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा सोही गाउँपालिकाका २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियार रहेका छन् ।

Advertisement

मंगलबार बिहे गरेका उनीहरुले बुधबार एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिएका छन् । उनका अनुसार उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०-४० गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि भोजमा सहभागी भागाभाग भएका थिए । सबै भागेपछि दुईजना बेहुलालाई समातेर आवश्यक कारबाहीपछि छाड्ने प्रहरीले जनाएको छ ।

स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस