एकैदिन १६८ जनाको मृत्यु, देशभर ९ हजार २३८ जनामा संक्रमण, १ लाख नाघे संक्रमित

May 12, 2021 मा प्रकाशित

Advertisement

काठमाडौं २९ , बैशाख / नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु भएको जानकारी दिनुभएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२५२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६२ पीसीआर परीक्षणबाट ९ हजार २३८ जनामा कोरोना पुष्टि भएको छ । उनका अनुसार एन्टिजेन विधिबाट गरिएको ४२४ नमुना परीक्षणमा ६७ जनामा पोजिटिभ देखिएको छ । यस्तै २४ घण्टामा ४ हजार ४४४ संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ । जसमध्ये ७ हजार २९१ जना संस्थागत आइसोलेसनमा र ९४ हजार ३४३ जना होम आइसोलेसनमा रहेको छन् ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस