विहानदेखि नै गाैरीगंज बजार सुनसान, प्रहरीको कडा निगरानी

May 13, 2021 मा प्रकाशित

गाैरीगंज ३०, वैशाख / गाैरीगंजकाे चाैक र बजारमा अाज विहानदेखि प्रहरी परिचालन गरिएकाे छ । हिजाे बुधबार मध्यरातदेखि गाैरीगंज गाउँपालिकाकाे सिसिएमसि वैठकले गाैरीगंजमा निषेधाज्ञा लागू गरेपछि प्रहरी चाैक र बजारमा परिचालन गरिएकाे हाे । यस क्षेत्रका हाट बजार , पसल, सवारी साधन र अनावश्यक हिडडुल बन्द गरिएकाे छ भने बजार सुनसान छ । चाैक – चाैकमा प्रहरीकाे टाेली परिचालन गरिएकाे छ । माेटरसाईकलमा प्रहरीहरू बाटैबाटाे चेक – जाँच गर्दै डुलिरहेका छन् । गाउँपालिकाले जेठ ३ गते साेमबारसम्म पुर्ण निषेधाज्ञा जारी गरेकाे छ । जिल्ला जनस्वास्थ्य झापाका अनुसार गाैरीगंजका काेराेना संक्रमित ४१ जना मध्ये २३ जना निकाे भएका छन् । निकाे हुनेहरूमा गाैरीगंज -१ का १० जना छन् भने अरू अन्य वार्डका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस