संक्रमितको घरमै पुग्यो पोसिलो आहार: अध्यक्ष लिङ्देन भन्छन – ‘संक्रमितको मनोवल उच्च राख्न घरमै पुग्यौँ

May 26, 2021 मा प्रकाशित

हल्दिवारी १२, जेठ / हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले कोरोना संक्रमित विरामीहरुको घर–घरमै पुगेर पोसिलो खाद्यवस्तु प्रदान गरेका छन् ।
गाउँपालिका भरिका संक्रमितहरुको मनोवल उच्च राख्न र स्वास्थ्यमा लाभ पुगोस् भन्ने उद्येश्यले स्वास्थ्य मापदण्ड अपनाउँदै अध्यक्ष लिङ्देनले उनीहरुको घरमै पुगेर पोसिलो खाद्यवस्तु प्रदान गरेका हुन् ।

Advertisement

गाउँ कार्यपालिकाको जेठ ५ गते बसेको वैठकको निर्णय अनुसार प्रत्येक संक्रमितहरुलाई ३ केजी चना, २५० ग्राम किसमिस, २५० ग्राम काजु, २५० ग्राम हाडे बदाम, ५०० ग्राम डावर च्वानप्राश, २५० ग्राम छोकडा, १०० ग्राम पिस्ता बदाम र १०० ग्राम हनिसहितको प्याकेट प्रदान गरेको अध्यक्ष लिङ्देनले जानकारी गराएका छन् । उनले प्रत्येक प्याकेटको मुल्य १ हजार ९ सय ३० रुपैयाँ पर्न गएको बताए ।

गाउँपालिका भरि दोस्रो पटक कोरोना भाइरसको महामारी पश्चात वैशाख ११ गते देखि जेठ ९ गतेसम्ममा १ सय ५९ जना कोरोना संक्रमित भएका छन् । उनीहरु सबैलाई पोसिलो खाद्यवस्तु वितरण गरिएको हो । पोसिलो आहारले संक्रमितलाई थोरै भएपनि राहत मिल्ने र मानव स्वस्थ्यलाई पनि लाभ हुने भएपछि आफुले विरामीहरुको घरघरमै पुगेर वितरण गरेको अध्यक्ष लिङ्देनको भनाई थियो ।
संक्रमितहरु मध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ११५ जना होम आइसोलेसनमा, २ जना अस्पतालको आइसोलेसनमा रहेको र ३९ जना निको भइसकेका छन् ।
कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिहरुले पि.सि.आर. स्वाव संकलन र एन्टिजेन्ट जाँच गर्नु पर्ने भएमा प्रत्येक हप्ताको आइतवार, मंगलवार र विहिवार विहान ८ बजे भित्र आइपुग्नु पर्ने गाउँपालिकाले जनाएको छ । विरामीको अवस्था र आवश्यकता हेरेर अन्य दिनमा पनि जाँच गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस