गाैरीगंजमा बुधबारदेखि काेराेना विरूद्वकाे भ्याक्सिन लगाउने

June 7, 2021 मा प्रकाशित

गाैरीगंज २४, जेठ / गाैरीगंज गाउँपालिकामा काेभिड १९ विरूद्वकाे भ्याक्सिन भेराेसिल लगाईने भएकाे छ ।

काेभिड १९ विरुद्धकाे भ्याक्सिन (भेराेसेल)काे पहिलाे मात्रा र अन्यत्र भेराेसिलकाे पहिलाे मात्रा लगाइ सक्नुभएका ६२ देखि ६४ बर्ष उमेर समुहका नागरिकहरूलाई बुधबारदेखि भ्याक्सिन लगाउने भएकाे हाे ।

खाेप सेवा लिन आउँदा ६२-६४ वर्ष उमेर समुहका महानुभावहरुले उमेर खुल्ने प्रमाण पत्र तथा पहिलाे डाेज लगाईसक्नु भएका नागरिकहरुले खाेप कार्ड अनिवार्य साथमा ल्याउनु पर्ने छ ।

यस अघि काेभिशिल्ड भ्याक्सिनकाे पहिलाे डाेज लगाई सक्नु भएका र दाेश्राे डाेज लगाउन वाँकी रहनु भएका ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक तथा अन्य नागरिकहरुकाे हकमा संघ तथा प्रदेश सरकारवाट हालसम्म कुनै सुचना वा निर्देशन प्राप्त नभएकाेले सुचना वा निर्देशन प्राप्त हुने बित्तिकै साेही अनुसार सुचित गरिने गाैरीगंज स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी दिएका छन् ।

निम्न मिति, स्थान र खाेप केन्द्रमा गई खाेप लगाउन सक्नुहुनेछ ।

१. महाभारा स्वास्थ्य चाैकी (गाैरीगञ्ज-१)
२०७८ जेठ २६ गते(१ दिन)
२. काेराेवारी स्वास्थ्य चाैकी (गाैरीगञ्ज-२)
२०७८ जेठ २६ गते(१ दिन)
३. गाैरीगञ्ज स्वास्थ्य चाैकी( गाैरीगञ्ज-४)
२०७८ जेठ २६ गते(१ दिन)
४. खजुरगाछी प्रा स्वा केन्द्र (गाैरीगञ्ज-६)
२०७८ जेठ २६ र २७ गते (२ दिन)

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस