असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याइए पनि केही खुकुलाे हुने

June 13, 2021 मा प्रकाशित

झापा ३० , जेठ / असार ७ गतेसम्म लम्ब्याइएको निषेधाज्ञा झापामा खुकुलो बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले एक साता अर्थात् असार ७ गते मध्यराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने गरी केही खुकुलो बनाएको हो । बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल, हार्डवेयर, पुस्तक पसलहरू अब प्रत्येक दिन बिहान ६ बजेदेखि बिहान १० बजेसम्म खुलाउने निर्णय गरेको छ । ती पसलहरूले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्ने हुन्छ । त्यस्तै मलखाद, बीउविजन, कुखुराका चल्ला, दाना, पशुपक्षी आहारसम्बन्धी पसल बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने, मोटर वर्कसप बिहान ११ देखि २ बजेसम्म सञ्चालन गर्न पाइने, निर्माण सामग्रीहरू ढुवानी गर्न सवारी साधनहरूले बेलुका ७ देखि बिहान ६ बजेसम्म सञ्चालन गर्न पाउने र अत्यावश्यक सेवाहरू बाहेकका सबै प्रकारका सार्वजनिक एव निजी सवारी साधन असार ७ गतेसम्म सञ्चालन गर्न नपाउनेलगायत निर्णय भएको प्रशासन कार्यालय झापाले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस