शिवानी देवान – जसले १० वटा लास व्यवस्थापन गरिन्

June 16, 2021 मा प्रकाशित

दमक २, असार / कोरोना संक्रमित मृतकको शव व्यवस्थापनमा चुनौतीका बाबजुद नेपाल स्काउटमा आवद्ध स्वयंसेवी ( स्काउटर) हरुले झापामा सशक्त भुमिका निर्वाह गरेका छन ।
नेपाल स्काउटले गएको जेठ दोश्रो साता झापाको चन्द्रगढीमा प्रदान गरेको कोरोना संक्रमितहरुको शव व्यवस्थापन सम्बन्धि तालिममा सहभागी भएकाहरु मध्ये झापामा क्रियाशील स्काउटहरुले जोखिमपूर्ण काममा समेत सशक्त भुमिका निर्वाह गरेका हुन । नेपाल स्काउटको १ नम्बर प्रदेशद्धारा आयोजित सो तालिममा झापाका ३ युवतीसहित १७ जना सहभागी थिए । उनीहरुलाई फरक फरक ठाउँमा राखेर संक्रमितको शव व्यवस्थापनमा परिचालन गरिएको छ ।

संक्रमितको शव व्यवस्थापनका लागि ठाउँ ठाउँमा तालिम प्राप्त स्काउटरहरुलाई राखिएको छ । स्काउटरहरुले झापामा मात्रै हाल सम्म १५ जनाको शव व्यवस्थापन गरेका छन ।
अहिले सम्म चार वटा शव व्यवस्थापनमा संलग्न भएका स्काउटर बुद्धशान्ति २ का मन्जिल पाठकको अनुभवमा यो काम सहज त होइन नि तर कसै न कसैले गर्नैपर्ने काम पनि हो ।


त्यसैले घर परिवारको स्विकृतिमा नै आफू यो काममा खटिएको उनी बताउँछन । चन्द्रगढीस्थित स्काउट भवनमा क्वारेन्टाइन बसेर यो काममा खटिरहेका पाठक नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकका एक मात्र छोरा हुन । अभिभावकको मञ्जुरी वा स्वस्कृति बिना हामी तालिममा सहभागी भएका होइनौं त्यसकारण तालिमपछिको जिम्मेवारीका लागि हामीले यो जोखिम त मोल्नैपर्ने हुन्छ– पाठकले निष्कर्ष न्यूजसंगको टेलिफोन कुराकानीमा भने । उनले एकैदिन तीन वटा सम्म व्यवस्थापन गरिएको अनुभव समेत लिएका छन । माइधारमा दुई वटा र सीतापुरीमा एउटा शव एकै दिन व्यवस्थापन गर्नुपर्यो तीन दिन अघिको स्मरण गर्दै उनले भने – हामी सेवाको भावना राखेर स्काउटमा आवद्ध भएका हौं , हामीले स्काउटको भावना र सिद्धान्त अनुसार काम गर्छौैं– २५ बर्षिय पाठकले निर्धक्कसाथ भने ।

शिवानी देवान – जसले १० वटा लास व्यवस्थापन गरिन्
स्काउटले नेपाली सेनासंगको सहकार्यमा गरिरहेको संक्रमितको शव व्यवस्थापन कार्यमा तालिम लिएका मध्ये ३ जना महिलाको सक्रियता उस्तै छ । सो कार्यमा संलग्न शिवानी देवान अहिले सम्म १५ मध्ये १० वटा शव व्यवस्थापनमा संलग्न भएकी छिन । १० वटामा उहाँ ( शिवानी) आफैं खटिनु भयो – पाठकले भने । शिवानीसंगै शव व्यवस्थापनमा लागिरहेका पूजा कँडेल र कृतिज्ञा गौतमको योगदान पनि उत्तिकै छ । कोरोना संक्रमणको महामारीका बीच स्काउटरहरुको एउटै स्वर छ – देशका लागि केही त गर्नैपर्छ ।


Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस