टुकुरेका दुई विपन्न परिवारलाई सुन्दर समाजले दियो खाद्यान्न

June 18, 2021 मा प्रकाशित

दमक ४, असार / झापाको कमल गाउँपालिका वडा नं ५ टुकुरे टोलका दुई विपन्न परिवारलाई आज ( शुक्रबार) दमकस्थित सुन्दर समाज नेपालले खाद्यान्न सहयोग गरेको छ ।

Advertisement

महिलाहरुले मात्रै आवद्ध रहेको सुन्दर समाज नेपाल नामक संस्थाका पदाधिकारी र सदस्यहरु घरमै पुगेर आर्थिक रुपमा विपन्न महिलाहरुलाई ५० केजीका दरले चामल, तेल, दाल लगायतका खाद्यान्न तथा अन्य घरायसी सामाग्रीहरु हस्तान्तरण गरेका हुन ।

स्थानीय संगिता राई र रत्ना विकको परिवारलाई घर घरमै पुगेर सो सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो । संस्थाकी अध्यक्ष रुपा सेलिङ, वरिष्ठ उपाध्यक्ष जमुना शेर्मा, उपाध्यक्ष विन्दु (लक्की) सिटौला, सचिव गंगा ढकाल, सहसचिव मनु साम्पाङ र कोषाध्यक्ष झरना लक्सम तथा सदस्यहरु अनु ताजपुरिया , बिमला जोशी, कुसुम ढुङ्गेल, पुनम सुब्बा र दिपाले व्यक्तिगत रुपमा रकम जुटाएर सो सहयोग प्रदान गरेका हुन । ति दुवै महिलाका पतिको असमयमै निधन भएको र छोरीहरुको दैनिक छाक टार्नै समस्या भएको अवस्थालाई मध्यनजर गर्दै सो सहयोग प्रदान गरिएको संस्थाकी अध्यक्ष सेलिङले बताइन । सो संस्थाले संगिता राईको परिवारको बसोबासका लागि सुरक्षित आवासको समेत बन्दोबस्ती गर्ने बिषयमा छलफल गरिरहेको उपाध्यक्ष सिटौलाले बताइन ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस