मुसहर बस्तीमा बुहारीको सहयोग

June 19, 2021 मा प्रकाशित


विर्तामोड ५, असार / मेचीमहाकाली बुहारी संयुक्त आवाजले विर्तामोड नगरपालिका–७ खालबारीका मुसहर बस्तीका २४ घरपरिवार र २ जना अपाङ्गलाई राहत वितरण गरेको छ ।
लामो समयको लकडाउनका कारण मजदुरी गरीखाने वर्ग प्रभावित भएका बेला बुहारीहरुले चामल, दाल, तेल, नुनलगायतका उपभोग्य सामग्री राहतस्वरुप वितरण गरेका हुन् ।
मेचीमहाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बा, उपाध्यक्ष चन्द्रा काफ्ले र झापा संयोजक शिखा खड्का गणेशको अगुवाई तथा नेतृत्वमा राहत सामग्री वितरण गरिएको हो । राहत प्राप्त गर्ने मुसहर बस्तीका स्थानीयले बुहारीहरुको सहयोगप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।
संस्थाका सल्लाहकार, आजीवन, साधारण तथा कार्यसमिति सदस्यहरुको स्वतस्फूर्त सहयोगमा ५० हजार मूल्य बराबरको राहत वितरण गरिएको झापा संयोजक गणेशले जानकारी दिनुभयो ।
राहत वितरणमा संस्थाका झापा उपाध्यक्ष गंगा भट्टराई , कोषाध्यक्ष पर्मिला सुवेदी,  सह सचिब अम्बिका दाहाल गिरी, सदस्यहरु सिमा अधिकारी, कमला भट्टराई, अर्चना ढकाल, निलम प्रसाइ, निरु भट्टराई लगायतको सहभागिता रहेको थियो । राहत वितरणका लागि सहयोग पु¥याउने केन्द्रीय समिति, सल्लाहकार, आजीवन, साधारण तथा कार्यसमितिका सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष खड्काले संस्थाले महिला अधिकारको रक्षाका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो । 

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस