रामचन्द्रे सिंचाई आयोजनाका अगुवा कृषक तथा समितिका सदस्यहरुलाई मर्मत संभार र व्यवस्थापन तालिम

June 21, 2021 मा प्रकाशित


गौरीगंज ७, असार / गौरीगंज –६ स्थित तल्लो रामचन्द्र सिंचाई आयोजनाको जलउपभोक्ता समितिका सदस्य र अगुवा कृषकहरुलाई क्षमता अभिवृद्वि तालिम दिइएको छ । जलश्रोत तथा सिंचाई विकास डिभिजन भद्रपुरले उनीहरुलाई आज सोमबार नहरमा पानी संचालन तथा मर्मत संभार र सिंचाई सेवा शुल्क संकलन तथा व्यवस्थापन सम्बन्धि तालिम दिएको हो ।
नयाँ भरियन्ट कोभिड –१९ लाई मध्य नजर राखी माक्स, सेनिटाइजर साथै सामाजिक दुरी कायम गरी असार ४ गते देखि दिइएको तालिमको सहजिकरण जलश्रोत तथा सिंचाई विकास डिभिजन भद्रपुरका सि.ए.ओ.कृष्ण बहादुर कार्की गरेका थिए । जलउपभोक्ता समितिका अध्यक्ष मान बहादुर राजवंशीको अध्यक्षतामा भएको सम्पन्न कार्यक्रममा सचिव नरेन्द्र डाँगीअलगायत अन्य पदाधिकारीहरुको सहभागिता थियो । समापन कार्यक्रममा रामकृष्ण यादव,अर्जुृन लुइटेल, सिताराम ढकाल, पवित्रा कोइराला, निर्मला दाहाल, चन्द्र प्रसाद ओलीलगायतका कृषकहरुले तालिममा सिकेका र बुझेका विषयमा बोलेका थिए ।

Advertisement


२०७५ साल असार २१ गते सुरु भएको आयोजनाको निर्माण कार्य २ वर्षको समयावधिमा सम्पन्न भई आयोजना शुरु भएको थियो । उक्त आयोजना प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले नहरको मुहानमा राखिएको रेगुलेटर घुमाई रिवन काटेर उद्घाटन गरेका थिए ।
झापाको दक्षिणी क्षेत्रमा रहेको सिंचाई आयोजना तल्लो रामचन्द्र सिंचाईले गरिबी निवारणमा यसले महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिइएको छ । गौरीगंज गाउँपालिका वार्ड नं। ५ र ६ का करिब ७ सय विघा जमिन सिंचाई हुने र यसबाट प्रत्यक्षरुपमा कृषकहरुले लाभान्वित हुने छन् । नयाँबाटो शिवाको सताक्षी जेभीेले करसहित ८ करोड ७९ लाख २० हजार रुपैयाँमा ठेक्का लिएको थियो । नहरको मुहानदेखि मुख्य नहरको लम्बाई ४.२ किलोमिटर रहेको छ र २ वटा शाखा क्यानल रहेको जलस्रोत तथा सिचाई विकास डिभिजन झापाका प्रमुख कृष्ण प्रसाद राजवंशीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस