मासिक तलब र दैनिक खाजा भत्ता कार्यान्वयन गर्न स्थानिय सरकारसंग माग

June 25, 2021 मा प्रकाशित


गौरीगंज ११, असार / संघिय सरकारले घोषणा गरेको बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीको मासिक तलब र दैनिक खाजा भत्ता कार्यान्वयन गर्न स्थानिय सरकार संग माग गरेको छ ।
बाल विकास समन्वय समिति गौरीगंज र नेपाल विद्यालय कर्मचारी परिषद गौरीगंजले संयुत्तरुपमा माग राख्दै गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई विहिवार ध्यानाकर्षण पत्र बुझाएका हुन् । उक्त मागमा नेपाल शिक्षक महासंघ गौरीगंज, नेपाल शिक्षक संघ गौरीगंज , नेपाल शिक्षक संगठन गौरीगंज एअनशि संगठनलगायतका पेशागत संघ संघठनहरुले ऐक्यवद्वता जनाएका छन् ।
संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को वजेट मार्फत संघले ८ हजार र स्थानिय सरकारले ७ हजार रुपैयाँ व्योर्होनुृ पर्ने र खाजा भत्ता दैनिक १ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकोमा सोही अनुसार कार्यान्वयन गर्न माग गरेका हुन् । त्यसैगरी वाल विकास शिक्षक तथा विद्यालय कर्मचारीले अन्य कर्मचारी शिक्षकहरुले पाउदै आएको महंगी भक्ता २ हजार रुपैयाँ पनि उपलब्ध गराउन माग गरेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस