कूलमायाका बाबु देवी बहादुरले पाउने भए पक्की घर

June 30, 2021 मा प्रकाशित


लखनपुर/ दुई बर्ष अघि आगोले जलेर मृत्युसंग हारेकी झापा कमल ६ साविक लखनपुरकी २२ बर्षिया कूलमाया बस्नेतको परिवारका लागि पक्की घर निर्माण सम्पन्न भएको छ । उनलाई बचाउन गरिएका सबै प्रयत्नहरुका बाबजुद कूलमायाले मृत्युसंग हार्नु परेपछि गरीबिका कारण स्थानीय नेपाल परिवारको कामदारका रुपमा घरबिहिन अवस्थामा रहेका उनका बाबु देवी बहादुर बस्नेतसहितको परिवारलाई मनकारी युवाहरुको सक्रियतामा घर निर्माण गरिएको हो ।
करिब करिब साढे ५ लाख रुपैयाँको लागतमा घर निर्माण सम्पन्न भएको बताइएको छ । दुई बर्ष अघि ९ मसिंरमा खोले पकाउन आगो बालेको चुल्होमा परेपछि कूलमायाको उपचारका लागि स्थानीय सामाजिक तथा राजनीतिक व्यक्तित्व हुकुमसिंह राईको नेतृत्वमा गठन गरिएको कूलमाया बचाउ अभियानलाई घर निर्माण समितिमा रुपान्तरण गरिएको थियो ।
बस्नेत परिवार एक किसिमको दास जिवन भोगिरहेको बेलानै अकस्मात कूलमायाले ज्यान गुमाउनु परेको घटनाले हामीलाई दुखित बनायो, त्यो परिवारले कमसेकम स्वतन्त्र जिवन बिताउन पाओस भन्ने उद्धेश्यले घर बनाइदिएका हौं– घर निर्माणको अगुवाई गर्ने मध्येका अर्का स्थानीय तेजु आङदेम्बेले सञ्चारकर्मीहरुसंग भने ।
कूलमाया बचाउ अभियानकै बीचमा उनको उपचारका लागि दाताहरुले कूल ३ लाख ८० हजार रुपैयाँ सहयोग गरेका थिए । सो रकम समेत केही प्रतिशत खर्चिएर करिब करिब साढे ५ लाख रुपैयाँको लागतमा घर निर्माण सम्पन्न भएको बताइएको छ । घर निर्माण अन्तिम चरणमा पुगेपछि वडा कार्यालयले आवश्यक जस्तापाता सहयोग गरेको निर्माण समितिका संयोजक राईले बताए । कूलमाया बचाउका लागि दाताहरुले गरेको सहयोग रकम भने कूलमायाको परिवारको जिविकोपार्जनका लागि घरसंगै हस्तान्तरण गर्ने योजना रहेको संयोजक राईले बताए ।
घरबार बिहिन बस्नेत परिवार तीन पुस्ता सम्म सो ठाउँका नेपाल परिवारको घर जग्गा संरक्षण गरेर बस्दै आएको थियो ।
पुस्तौं सम्म नेपाल परिवारको सेवा र संरक्षणमा बसेको बस्नेत परिवारका लागि ओत लाग्ने आफनो घर र जग्गा जमिन नभएकै अवस्थामा कूलमायाकी आमाले १२ ÷१३ बर्ष अघि सुत्केरी हुने क्रममा ज्यान गुमाउनु परेको थियो ।
आमाको मृत्युपछि कूलमाया र सुस्त मनस्थिती जस्तो व्यवहार गर्ने उनका भाई बेसहारा बनेका थिए । समाजबाट हेपिएको, गरीबिले थिचिएको अवस्थामा दुख र अभावका बीच जन्मिएकी कुलमायाको उपचार गर्दा गर्दै समाजका मनकारीहरुले बचाउन त सकेनन तर दिनदिनै उमेर ढल्किदैं गएका बाबु देवी बहादुरलाई यो उमेरमा न्यानो छानो र समाजको साथ स्वर्गझै भएको स्थानीयबासीको बुझाई छ । यस अघि कमल ५ को टुकुरेमा असहाय तथा विपन्न संगीत ाराईको परिवारका लागि स्थानीय युवाहरुको समुहले तीन दिन भित्रै घर हस्तान्तरण गरेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस